४ श्रावण २०८३, सोमबार

 

गृहका ३० जना उपसचिवको सरुवा

गृह मन्त्रालयका ३० जना उपसचिवको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधवार १५ जना उपसचिवलाई गृह मन्त्रालयमा सरुवा गरेको छ भने १५ जनालाई गृह मन्त्रालयबाट अन्य निकायमा सरुवा गरेको छ ।

प्रशासन गृह मन्त्रालय उच्च स्रोतका अनुसार गृह मन्त्रालय भित्र्याइएकाहरूमा सूर्य खत्री, शेखर पौडेल, फणीन्द्र दाहाल, अनुज घिमिरे, सुप्रभा खनाल, वासु कोइराला, दीपक कोइराला, रवीन्द्र आचार्य, गणेश पौडेल, पुष्कर राना, नीराजन श्रेष्ठ, चेतराज बराल, विश्व मरासिनी, अञ्जन न्यौपाने, काशीराम गैरे रहेका छन् ।

यसैगरी गृहबाट बाहिरिएकाहरूमा अनुज भण्डारी, अनिल शाही, जीवन आचार्य, जयराज भण्डारी, विष्णुहरि उपाध्याय, गणेश बहादुर अधिकारी, वासुदेव घिमिरे, विष्णु लामिछाने, भीमप्रसाद भट्टराई, बाबुराम खनाल, कृष्ण भण्डारी, टेकनारायण पौडेल, जयराज भण्डारी, त्रिलोचन रिमाललगायत रहेको ती स्रोतको भनाई छ ।

भित्रिने उपसचिवको निर्णय भई सकेको छ भने बाहिरिनेको हकमा भने निर्णय भइसके पनि हस्ताक्षर हुन बाँकी छ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung