४ श्रावण २०८३, सोमबार

 

काठमाडौंमा आज रातिदेखि मेला, महोत्सव तथा सभा–जुलुस गर्न नपाइने

जिल्ला प्रसाशन कार्यालय काठमाडौंले आज (बिहीबार) राति १२ बजेदेखि लागू हुने गरी अनावश्यक रूपमा भिडभाड, मेला र महोत्व गर्न रोक लगाइएको छ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालद्वारा जारी आदेशमा घर बाहिर मानिसहरु जम्मा हुन नपाउने, भिडभाड गर्न नपाउने, सभा जुलुस गर्न नपाउने, जात्रा महोत्सव र भोज आदि गर्न नपाउने भनिएको छ।

अर्को आदेश नभए सम्मका लागि यस्तो व्यवस्था लागू गरिएको हो। कोभिड १९ को संक्रमण कायमै रहेकाले नजिकिँदै गरेका चाडपर्वहरु पनि सांकेतिक रुपमा मात्रै मनाउन आदेशमा भनिएको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung