नेपाल संम्वत् ११४२ को उपलक्ष्यमा बागलुङमा बिहीबार शुभकामना मोटरसाइकल ¥याली गरिएको छ ।
नयाँ वर्ष ११४२ मूल आयोजक समिति र बागलुङ जेसीसको आयोजनामा ¥याली गरिएको हो । लोकतान्त्रिक चोकबाट सुरू भएर बागलुङ बजारको मुख्य मुख्य चोक परिक्रमा गरेको थियो ।
¥याली पश्चात आयोजित कार्यक्रममा नयाँ वर्ष ११४२ मूल समारोह समितिका संयोजक मुकेशचन्द राजभण्डारी ,बागलुङ जेसीसका अध्यक्ष आनन्द रेग्मीले मन्तव्य व्यक्त गरेका थिए ।
शुक्रबार विहान ११ बजे राधाकृष्ण मन्दिरको सभाहलमा मुख्य समारोह आयोजना गरिएको नयाँ वर्ष ११४२ मूल समारोह समितिले जनाएको छ ।













































































































































































































