४ श्रावण २०८३, सोमबार

 

बागलुङमा एकै दिन ४० जनामा कोरोना पुष्टी

बागलुङमा एकै दिन ४० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । एक जनप्रतिनिधि २ स्वास्थ्यकर्मी, दुई पत्रकार सहित ४० जनामा कोरोना पुष्टी भएको हो ।पिसिआर प्रविधि मार्फत एक र एन्टिजेन्टबाट ३९ जनाको कोरोना पुष्टी भएको स्वास्थ्य कार्यालय बागलुङका कोरोना स्रोतव्यक्ति देव प्रकाश घिमिरेले बताए ।

अधिकांस कोरोना संक्रमितहरुलाई रुखाखोकी र ज्वरो देखिएको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या ८८ पुगेको छ ।

कोरोनाको तेस्रो भेरियन्ट ओमिक्रोन नेपालमा समेत पुष्टी भइसकेपछि बागलुङमा उच्च सर्तकता समेत अपनाउन थालिएको छ । जिल्ला भित्रिनेहरुका लागि जिल्लाको प्रमुख नाका मालढुङ्गा र खर्वाङमा निगरानी बढाइएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung