ताराखोला गाउँपालिका नवनिर्वाचित अध्यक्ष धन बहादुर विक हिमालले आज पदभार ग्रहण गरे लगत्तै दुई महत्त्वपूर्ण निर्णय गरेका छन् ।आफू्ले कुनै पनि तलब भत्ता नलिने घोषणा गरेका हिमालले तलब र भत्ताको रकम सामाजिक सुरक्षा कोष खडा गरी शहिद,वेपता,घाइते ,अपांग तथा विपन्न परिवारलाइ निश्चित मापदण्ड बनाएर वितरण गर्ने कार्यपालिकाले पहिलो निर्णय गरेको हो ।
त्यस्तै बैठकले बाझो जग्गा प्रोत्साहन कार्यमक्रमका लागि पनि महत्वपूर्ण निर्णय गरेको छ । कृषि उत्पादकत्व वृद्दि गरी स्वरोजगार र आत्मनिर्भर बनाउन कृषकलाई प्रतिरोपनी २ हजारका दरले रकम सहयोग गर्ने निर्णय पनि गरेको छ गाउँपालिका जनता प्रति जवाफदेहि हुन, खुसी र आशा जगाउने उक्त निर्णय गरेको अध्यक्ष विकले बताएअध्यक्ष विकले अध्यक्षको पदभार ग्रहण गरेपछि वडा अध्यक्ष र सदस्यलाई सपथ खुवाएका थिए ।
त्यसलगत्तै निर्वतमान जाप्रतिनिधिलाइ विदाइ तथा धन्यवाद ज्ञापन गरिएको थियो । पाच वर्षमा भएका सकरात्मक प्रयासको प्रशंसा गर्दै बाँकी कार्यभार पुरा गर्न नवनिर्वाचित जनप्रतिनिधिले भूमिका खेल्नुपर्ने राजनीतिक दलका प्रतिनिधिले सल्लाह दिएका थिए ।
उक्त कार्यक्रममा जनयुद्धमा आफ्ना आफन्त गुमाएका शहिद परिवारलाइ दोसल्ला अोडाएर सम्मान गरिएको थियो ।आगामी दिनमा शहिदको सपना पुरा गर्न शहिद परिवारका सदस्यहरुलाइ साक्षी राखेर जनप्रतिनिधिले जनताको हितमा काम गर्ने प्रतिबद्धता गरेका थिए ।













































































































































































































