३ श्रावण २०८३, आईतवार

 

गलकोट नगर – ७ मा पदस्थापना तथा विदाई कार्यक्रम सम्पन्न

गलकोट नगरपालिका वडा नम्वर ७ का नवनिर्वाचित वडा अध्यक्ष राज वहादुर थापाले वडाको विकासको लागि सबैको सहयोग र सहकार्य आवश्यक रहेको बताए ।वडा अध्यक्षको पदभार ग्रहण गर्दै थापाले शिक्षा, स्वास्थ्य,संचार,सडक,सिचाई र सामाजिक विकाससँगै भौतिक विकासलाई प्राथमिकता दिने प्रतिवद्धता व्यक्त गरेका छन् ।

वडाले सम्पूर्ण राजनैनिक दल, सामाजिक संस्था र आम नागरिकको भावना बुझेर विकासको खाका कोर्ने र गरिवी निवारण,आर्थिक विकास,रोजगारी सृजना,कृषिमा आधुनिकिरण र ठूला पूर्वाधारमा पनि लगानी गर्ने बताए ।थापाले सेवाग्राहि राजकुमार दर्जिको सिफारिसको काम गरी कार्य प्रारम्भ गरेका थिए ।

त्यस्तै थापाले गलकोट नगरपालिका वडा नम्वर ७ का २ सय ८६ जना विद्यार्थीहरुलाई वडाबाट निशुल्क पोशाक उपलव्ध गराउने घोषणा गर्नुभएको छ ।

कार्यक्रममा नेपाली कांग्रेस वडा नम्वर ७ का सभापति बसन्त क्षेत्री, नेकपा माओवादी केन्द्रका वडा अध्यक्ष ललित मरासिनि, राष्ट्रिय जनमोर्चाका राजकुमार दर्जि, जिल्ला समन्वय समिति वागलुङका सदस्य दल वहादुर थापा, निवर्तमान वडा सदस्यहरु लोक वहादुर थापा, लक्ष्मी सार्कि र मिना दर्जिले मन्तव्य व्यक्त गरेका थिए ।कार्यक्रमको अवसरमा निवर्तमान वडा अध्यक्ष र वडा सदस्यहरुलाई विदाई गरिएको थियो ।

कार्यक्रम गलकोट नगरपालिका वडा नम्वर ७ का निवर्तमान अध्यक्ष टिकाबहादुर थापाको अध्यक्षता तथा वडा सचिव भिम वहादुर घर्तीको सञ्चालनमा सम्पन्न भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung