४ श्रावण २०८३, सोमबार

 

पोखराको मेयरमा एकीकृत समाजवादीका आचार्य र उपमेयर एमालेकी गुरुङ निर्वाचित

पोखरा महानगरपालिकाको मेयरमा पाँच दलिय गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका धनराज आचार्य निर्वाचित भएका छन् । आचार्यले ५८ हजार ८ सय ९३ मत ल्याएर विजयी भएका हुन् ।

उनको निकटतम प्रतिस्पर्धी एमालेका कृष्ण थापाले ५२ हजार ८ सय ४८ मत ल्याएका छन् ।त्यसै गरी राप्रपाबाट मेयरका उम्मेदवार बनेका शंकर खरालले ५ हजार ६ सय ७४ मत पाएका छन् भने स्वतन्त्र उम्मेदवार खड्गराज पौडेल गनेसले ३ हजार ३० मत पाएका छन् ।

उपमेयरमा भने एमालेको मञ्जुदेवी गुरुङले ६० हजार ५ सय ४६ मत ल्याएर विजयी भएकी छन् । कांग्रेसकी कोपिला रानाभाटलाई ३ हजार ८ सय ८३ मतले पराजित गर्दै एमालेकी गुरुङ विजयी भएकी हुन् ।

रानाभाटले ५६ हजार ६६३ मत पाइन् । राप्रपाकी उपमेयरकी उम्मेदवार रन्जनाकुमारी सेन पौडेलले ५ हजार ६ सय ९९ मत पाएर तेस्रो भएकी छन् भने विवेकशील साझा पार्टीका माधव भण्डारीले २ सय ६४ मत पाएका छन् ।
वैशाख ३० मा सम्पन्न स्थानीय निर्वाचनमा पोखरा महानगरमा २ लाख ७ हजार मतदाता रहेकोमा १ लाख ४३ हजार २ सय २६ मत खसेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung