काठमाडौं महानगरपालिकामा स्वतन्त्र मेयरका उम्मेदवार बालेन साहाले २० हजार ३२ मतको फराकिलो मत अन्तरले अग्रता कायम राखेका छन् ।
साहले ५४ हजार २ सय १२ मत ल्याउँदा नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहले ३४ हजार १ सय ८० मत ल्याएर पछ्याइरहेकी छन् भने नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३३ हजार ६ सय ९ मत ल्याएका छन् ।अहिलेसम्म १ लाख ६६ हजार ३ सय १३ मत गणना भएको छ ।
मेयरको उम्मेदवारलाई परेको ६ हजार ५ सय ३२ मत बदर भएको । काठमाडौं महानगरपालिकाको २७ वटा वडाको मतगणना सकिएको छ।
महानगरको वडा नम्बर एकदेखि १२ सम्म तथा १८ देखि ३२ सम्मको मत गणना सकिएको महानगर निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।अहिले वडा नम्बर १३, १४, १५, १६ र १७ वडाको मत गणना जारी छ।













































































































































































































