९ जेष्ठ २०८१, बुधबार

 

उद्योग वाणिज्य संघ गलकोटद्वारा आगलागी पीडित घर्तीलाई १ लाख ३२ हजार सहयोग

गलकोट – गलकोट उद्योग वाणिज्य संघ गलकोटले आज आगलागी पीडित घर्तीलाई राहात रकम हस्तान्तरण गरेको छ ।

गलकोट नगरपालिका वडा नम्वर ३ हटियामा सञ्चालित सुनगाभा किचन एण्ड झोल मम रेष्टुरेण्टका सञ्चालक चन्द्र वहादुर घर्तीलाई गलकोट उद्योग वाणिज्य संघका अध्यक्ष वीरेन्द्र श्रेष्ठले १ लाख ३२ हजार ६ सय ८० को चेक हस्तान्तरण गरेको हो ।

कार्यक्रमको संचालन गलकोट उद्योग वाणिज्य संघका सह सचिव श्याम सुन्दर श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो । गत जेठ ३ गते सुनगाभा किचन एण्ड झोल मम रेष्टुरेण्टमा आगलागी भएको थियो ।

 

तस्वीर:सामुदायिक रेडियो गलकोट

प्रतिक्रिया दिनुहोस्