७ जेष्ठ २०८१, सोमबार

 

बागलुङ नगरपालिकाद्वारा प्रमुख जिल्ला अधिकारी श्रेष्ठ र प्रहरी उपरीक्षक खड्कालाई स्वागत

बागलुङ । बागलुङ नगरपालिका कार्यालयले नवआगन्तुक जिल्ला प्रशासन कार्यालय बागलुङकी प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठ र जिल्ला प्रहरी कार्यालय बागलृुङका प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्कालाई स्वागत गरेको छ ।

बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले नगरपालिकाको कार्यालयमा स्वागत गर्दै जिल्ला प्रशासन कार्यालय बागलुङको प्रमुख जिल्ला अधिकारी श्रेष्ठ र जिल्ला प्रहरी कार्यालय बागलृुङ प्रहरी उपरीक्षक खड्काको सफल कार्यकालको शुभकामना व्यक्त गर्दै स्वागत गर्नु भएको थियो ।

जिल्ला प्रशासन कार्यालय बागलुङ र जिल्ला प्रहरी कार्यालय बागलुृङसँग नगरपालिकाको सुखद सहकार्यको लागि आफूले उपयुक्त वातावरण बनाउने नगरप्रमुख श्रेष्ठले बताउनु भयो ।प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले नगरपालिकाको स्वागतले आफू थप जिम्मेवार भएको र जनहितमा बागलुङ नगरपालिकासँग गहिरो सहकार्य गर्ने बताउनु भयो ।

जिल्लाको शान्ति सुरक्षा कायम गर्न बागलुङ नगरपालिकासँग आफूले सहकार्य गर्ने प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्काले बताउनु भयो । बागलुङ नगरपालिकाका नगर उपप्रमुख राजु खड्काले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

बागलुङ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सापकोटाले स्वागत गर्नु भएको कार्यक्रमको संचालन योजना तथा प्रशासकिय अधिकृत युक्तप्रसाद सुवेदीले गर्नु भएको थियो । कार्याक्रममा वडा अध्यक्षहरु, कार्यपालिकाका सदस्यहरु तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्