४ जेष्ठ २०८१, शुक्रबार

 

दिगो विकास र आर्थिक समृद्धिको बाटोमा बागलुङ नगरपालिका

- बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठको ३६५ दिनको उपलब्धी 

बागलुङ नगरपालिकाको दोस्रो पटक नवनिर्वाचित पदाधिकारीहरुले पदबहाली गरेको आज ३६५ दिन पुरा भएको छ । यस पुनित अवसरमा देशलाई लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्था सम्म ल्याई पु¥याउन आफ्नो जीवनको उत्सर्ग गर्ने ज्ञात अज्ञात सम्पुर्ण शहीदहरु प्रति भावपूर्व श्रद्धासुमन अर्पण गर्न चाहन्छु ।

बागलुङ नगरको विकास, सम्मृद्धि र सुशासनको लागि हामीलाई विश्वास गरेर सो अभिभारा पुरा गर्नको लागि आफ्नो मताधिकार मार्फत विजयी तुल्याउने समग्र नगरवासी, आमा, बुवा, दाजु, भाइ तथा दिदी, बहिनी लगायत सबै प्रकारले सहयोग गर्ने समग्र आदरणीय व्यत्तित्वहरु प्रति यस नयाँ विश्व मार्फत धन्यवाद सहित कृतिज्ञता ज्ञापन गर्दछु ।

नेपालको संविधानले राज्यको पुर्नसंरचना गरेसंगै स्थापित स्थानीय तहको दोस्रो कार्यकालको लागि मिति २०७९ बैशाख ३० गते सम्पन्न निर्वाचनमा हामीलाई आदरणीय नगरवासी आमा, बुवा, दाजु, भाई तथा दिदी, बहिनीहरुले आफ्नो अमुल्य मतदान गरी निर्वाचित गराउनु भएको आज एक बर्ष पुरा भएको छ ।

हामीले निर्वाचनका वखत आम नगरवासीका माझ निर्वाचन घोषणा पत्र मार्फत सार्वजनिक गरेका नगरका समृद्घि र आदरणीय नगरवासीका हित एवम् सरोकारका विभिन्न विषयका योजना सहितको प्रतिवद्घता पुरा गर्नको लागि थालेका प्रयासहरुलाई सार्वजनिक गर्न गैरहेका छौ ।

आदरणीय नगरवासीका असीमित चाहना, नगरले खोजेको विकास र समृद्धीको सपना, सीमित बजेट र अव्यवहारिक कानुनी व्यवस्थाको चुनौतीको बावजुत पनि हामी हाम्रा संकल्प र नगरवासीका चाहनालाई यो पाँच बर्षमा पुरा गर्ने गरी समृद्ध बागलुङको जग बसाल्न शुरु गरेका छौ ।

बागलुङ नगरपालिकाको विकास र समृृद्धिका लागि संस्थापक नगर प्रमुख ऋषिराम शर्मालाई प्रेरणाको श्रोतको रुपमा लिई उहाँले शुरु गरेका संस्थागत कुरा र यस पूर्वका जनप्रतिनिधिहरुले थालनी गरी क्रमागत आयोजनालाई प्राथमिकतामा राखी हाम्रा नीति तथा कार्यक्रमहरुलाई त्यस तर्फ लक्षित गरेका छौ । हामीले शुरु गरेका हाम्रा नीति तथा कार्यक्रम र समग्र कार्य प्रणालीमा सुधारका प्रयासको नतिजा हाम्रो कार्यकालमा आउने कुरामा हामी विश्वस्त छौ ।

(क) नीति, कार्यक्रम तथा संस्थागत सुधार तर्फ

हामीले नगरवासी प्रतिको जवाफदेहीतालाई आफ्नो कर्तव्य ठानी पद वहाली गर्दाको अवस्थामा नगरपालिकाको भौतिक पूर्वाधार, आर्थिक, सामाजिक, प्रशासनिक लगायतका सम्पूर्ण विषयको यथार्थ अवस्था सार्वजनिक रुपमा जानकारी गराउने उद्धेश्यले श्वेत पत्र जारी गरेका थियौ ।

श्वेत पत्र नगरपालिकाको संस्थागत सुशासन कायम गर्न, भावी योजना वनाउन, नगर विकास र संवृद्धिका प्रयासमा सरोकारवाला र सहयोगी हातहरु जुटाउन, हाम्रो कार्य सम्पादनको आम मुल्याङ्कन तथा स्वमुल्याङ्कन गर्न समेत आधार वन्ने विश्वास लिई स्वेतपत्रको जगमा नीति तथा कार्यक्रम अगाडि बढाउने संस्कारको सुरुवात गरेका छौ ।स्थानीय सरकारले विरलै मात्र जारी गर्ने गरेको यो स्वेतपत्र आगामी नेतृत्व र अन्य पालिकालाई समेत सिकाई हुने कुरामा विश्वस्त छौ ।

हामी पदवहाल गर्दै गर्दा आर्थिक बर्ष ०७८÷०७९ को बाँकी योजना तथा कार्यक्रम सम्पन्न गर्नु पर्ने, वडा भेला गरी नयाँ नीति, योजना तथा कार्यक्रम तर्जुमा गर्नु पर्ने चुनौती हाम्रो माझ थियो उक्त चुनौतीलाई चिर्दै समयमै योजना तर्जुमाका सम्पूर्ण प्रकृया पुरा गर्दै समयमै नगरसभा सम्पन्न गरी एक समारोह वीच असार मसान्त भित्र पुस्तक प्रकाशन गर्ने पहिलो नगरपालिका बन्न सफल भएका छौ । यो सफलताले हामीलाई उत्साह सृजना गरेको छ भने आम उपभोक्तालाई समयमै योजना कार्यान्वयन गर्न मार्ग प्रशस्त गरेको छ ।

 पद वहाली पश्चातको पहिलो कार्यपालिका बैठकबाट बागलुङ नगरलाई बालमैत्री नगर घोषणा गर्ने प्रतिवद्धता संगै चालु आ.व.को नीति, योजना तथा कार्यक्रममा उक्त विषयलाई समावेश गरी१४ वटै वडामा बाल क्लव, बाल भेला तथा नगर स्तरिय बाल क्लव संजाल गठन गर्न सफल भै विभिन्न चरणका अभिमुखिकरण समेत सम्पन्न गरी हाल बालमैत्री नगर घोषणाको लागि आवश्यक पर्ने ५१ वटा सुचक मध्ये २१वटा सुचक पुरा गरी सकेका छौ र आगामी २०८१ पौष भित्र बालमैत्री नगरघोषणा गर्ने गरी तयारी गरेका छौ ।

 प्राविधिकको सल्लाह विना, विना रेखाङ्कन भू वनोटको ख्याल नगरी आफुखुसी जथाभावी डोजर लगाउने परिपाटीको कारण बर्षादको समयमा बाटो विग्रने, पैह्रो जाने र जनधनको क्षती हुने गरेको कारण सम्भावित क्षतिको न्यूनीकरण गर्नको लागि विना अध्ययन नयाँ ट्रयाक खोल्नको लागि डोजर लगाउने परिपाटीको अन्त्य गरेका छौ ।

(ख) न्यायिक समिति
 नगरवासीका समस्या, पिडा, मर्का तथा विवादलाई मेलमिलाप मार्फत विवादको समाधान गर्नको लागि ऐन द्धारा दिईएका क्षेत्राधिकार भित्र रही यस ३६५ दिनमा न्यायिक समिति मार्फत नियमित तर्फ ७ वटा र विविध तर्फ २५ वटा विवाद माथि सहजिकरण गरी दुवै तर्फ २२ वटा विवाद समाधान गरिएको छ । विवाद समाधानको लागि विवादित दुवै पक्षको पायक पर्ने स्थानमा गई दुवै पक्षलाई मेलमिलाप गराई सम्मान गर्ने परिपाटीको विकास गरिएको छ । सामुदायिक मेलमिलापकर्ता मार्फत स्थानीय स्तरको विवाद समाधान गर्नको लागि ३७ जनालाई ८ दिनको आधारभुत तालिम प्रदान गरिएकोछ ।
(ग) सुशासन तर्फ
 स्थानीय सरकार गठन पश्चात सिंहदरवारको अधिकार घरदैलोमा भन्ने नागरिकको बुझाईलाई सम्मान गर्दै नगरपालिकाले पहिलो पटकसम्पूर्ण सेवालाई एकीकृत गरी वडा स्तरमा घुम्ती सेवा शिविर संचालन गरी योजना सम्झौता, अपाङ्गता परिचयपत्र वितरण, स्वास्थ्य परीक्षण, सामाजिक सुरक्षा नविकरण तथा नयाँ दर्ता, व्यक्तिगत घटना दर्ता, माटो परिक्षण, उपभोक्ता अनुशिक्षण र टोल विकास संस्थादर्ता गर्ने कार्य सम्पन्न भएको थियो । घुम्ती सेवा शिविर अभियान नागरिकलाई घरदैलोमा सेवा उपलब्ध गराउने एउटा सशक्त माध्यम हो भन्ने कुरा नागरिकको सन्तुष्ठीबाट प्रमाणित भएको छ ।

बागलुङ नगरपालिकाले शुरु गरेको यो उदारणीय कार्यको चर्चा अन्य पालिका, प्रदेश तथा केन्द्र स्तरको बैठकमा चल्ने गरेको छ । यस अभियानलाई अन्य पालिकाले समेत अनुकरण गर्न थालेका छन । जुन बागलुङको लागि गौरवको विषय बनेको छ ।

 स्वेत पत्र जारी गर्दै गर्दाको अवस्थामा योजना कार्यान्वयनको लागि गठन गरिने उपभोक्ता समितिले व्यहोर्ने रकम न्यूनतम २० प्रतिशत रहेकोमा उक्त व्यवस्थालाई परिवर्तन गरी महिलाले नेतृत्व गर्ने उपभोक्ता समितिलाई१० प्रतिशतर अन्यलाई १५ प्रतिशत लागत सहभागिता हुने गरी कार्यविधि परिवर्तन गरेका छौ जसले गर्दा उपभोक्ताहरुमा प्रत्यक्ष राहत पुगेको र हाल महिला नेतृत्व भै गठन भएका उपभोक्ता समितिको संख्यामा उल्लेख्य वृद्धी भै २८३ उपभोक्ता समितिमा महिलाको नेतृत्व पुगेको छ ।महिला सशक्तिकरणको पाटोमा यो एउटा ठुलो उपलब्धी मानेका छौ ।

 टोल विकास संस्था गठन संचालन तथा व्यवस्थापन कार्यविधि २०७९ जारी गरी नगरका विभिन्न स्थानमा टोल विकास संस्था गठन र दर्ता गर्ने व्यवस्थालाई संस्थागत गरी स्वेतपत्र जारी गर्दाको अवस्थामा एक बर्षमा एउटा उपभोक्ता समितिले एउटै मात्र योजना संचालन गर्न सक्ने कानुनी व्यवस्थालाई परिवर्तन गरी टोल विकास संस्था मार्फत योजना कार्यान्वयन गर्न चाहेमा टोल क्षेत्रभित्रका पाँच लाख भन्दा कमका एक भन्दा बढी योजना एकै पटक सम्झौता गर्न सक्ने गरी कार्यविधि संशोधन गरेका छौ ।

यो व्यवस्थाले योजना कार्यान्वयनमा सहज हुनुको साथै साना योजनामा धेरै उपभोक्ता समिति गठन गर्ने झन्झटबाट नगरवासी मुक्त भएका छन । हामीले शुरु गरेको यो व्यवस्था अन्य पालिकाको लागि सिकाई हुन सक्ने कुरामा विश्वस्त छौ ।
 हामी पदवहाल गरिरहदाको अवस्थामा प्रविधिमैत्री कर्मचारीको अभावमा१४ वटा वडा मध्ये७ वटामा मात्र अनलाईन मार्फत घटना दर्ता हुने गरेकोमा कार्यालयको पञ्जिकरण शाखाबाट वडाको सेवा समेत उपलब्ध गराई सवै वडामा अनलाईन घटना दर्ता शुरु गरी अनलाईन घटना दर्तालाई सतप्रतिशतमा पु¥याएका छौ ।

 श्वेतपत्र जारी गर्दासम्म बागलुङ नगरपालिकामा ऐन, नियमावली, निर्देशिका, कार्यविधि गरी जम्मा ५४ वटा कानुन निर्माण भएकोमा हाल २६ वटा थप गरी कुल संख्या ८० पु¥याएका छौ भने ४ वटा कार्यविधि समय सापेक्ष हुने गरी संशोधन गरेका छौ ।

(घ) योजना, पूर्वाधार तथा कार्यक्रम तर्र्फ
 पदवहाल गरे पश्चात हाल सम्म नगरपालिका क्षेत्रभित्र कालोपत्रे, ग्राभेल, कच्ची सडक, सडक ढलान, पक्की नाली, टेवा पर्खाल निर्माण, तारवार, पैदलमार्ग लगायतका कार्यहरु उल्लेख्य रुपमा सम्पन्न गरेका छौ ।
 वडा नं. ४ निरहेमा जेष्ठ नागरिक भवन, वडा नं. ७ मा मूलपानी स्वास्थ्य चौकी भवन निर्माण सम्पन्नको अन्तीम चरणमा रहेका छन भने वडा नं. १३ मा नगर अस्पतालको एक तला ढलान सम्पन्न भएको छ । वडा नं. १४ मा स्वास्थ्य चौकी भवन निर्माण कार्य शुरु भएको छ । वडा नं. ७ को वडा कार्यालय भवन र वडा नं. ४ मा मानवसेवा आश्रम भवन निर्माण कार्यको थालनी गरिएको छ ।

वडा नं. ५, ६, ८, १३ का वडा कार्यालयहरु मर्मत कार्य भैरहेका छन । कार्यालय परिसर ढलान लगायतका कार्य सम्पन्न गरिएको छ भने बैठक हल बनाउने कार्य लगायत कार्यालय व्यवस्थापनमा जोड दिईएको छ । सवै वडाका विभिन्न वस्तीमा गरी १५ वटा सामूदायिक भवन निर्माण गरिएको छ ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत १५ वटा विद्यालय भवन निर्माणाधिन अवस्थामा रहेका छन् । वडा नं. २ मा यस नगरपालिकाको पहलमा वल्र्ड बैंकको सहयोगमा एकीकृत कृषि तथा पशुसेवा केन्द्र भवन निर्माण गर्ने कार्यको वोलपत्र आव्हान भईसकेको छ ।  खानेपानी समस्यालाई दीर्घकालिन समाधान गर्नको लागि नेवासंगको सहकार्यमा एक घर एक धारा कार्यक्रम अन्तर्गत रात्माटा खानेपानी योजना, वडा नं. ६ लमगाउँ खानेपानी योजनाको कार्य सम्पन्न गरेका छौ ।

खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, बागलुङ संगको सहकार्यमा वडा नं. १२ अमलाचौर लिफ्टिङ खानेपानी, वडा नं. ८ लामीचौर लिफ्टिङ्ग खानेपानी र वडा नं. ४ कुंडुले, उपल्लाचौर लिफ्टिङ्ग खानेपानी योजनाको काम शुरु गरेका छौ । लामो समयदेखि विवादमा रहेको कमेरे खानेपानी मुहानको पानी कुंडुले, रमेटार, उपल्लाचौर र वडारचौर वस्तीमा ल्याउने गरी सहकार्र्यको प्रक्रिया अगाडि बढाईएको छ । यसै गरी Gravity flow कार्यक्रमको वोलपत्र आब्हान गरी वडा नं. ८ लामीचौर खानेपानी योजनाको प्रक्रिया अगाडि बढिसकेको छ ।अन्य वडाहरुमा स–साना खानेपानी आयोजनासम्पन्न भैरहेका छन ।

 यसै गरी सिंचाई तर्फ २५०० हेक्टर सिंचाई खेतमा सिंचाई सुविधामा सहजीकरण गरेका छौ भने सिंचाई कुलो, पोखरी जस्ता संरचनाहरु निर्माण कार्य सम्पन्न गरेका छौ । वडा नं. ३, ४, ६, ८, ९, १३ र १४ का विभिन्न खेतवारीमा सिंचाई हुने गरी बजेट मागको पहल गरेका छौ । त्यसैगरी सवै वडाहरुमा कृषि मार्फत पाईप उपलब्ध गराई स–साना सिंचाई कार्य समेत सम्पन्न गरेका छौ ।

 बागलुङ नगरपालिकाको गौरवको आयोजना अन्तर्गत बा.न.पा. ३ बोक्से देखि सिगाना हुँदै शान्तीपुर सम्मको सडक यस कार्यालयको समन्वयमा सडक डिभिजन कार्यालय मार्फत स्तरोन्नती गर्ने कार्य मध्येको अधिकांश काम सम्पन्न भै बर्षा सिजनमा समेत सहज यात्रा गर्न सकिने गरी सडक स्तरोन्नती भै रहेको छ ।पैयुँपाटादेखि धापाखोलासम्मको सडक, वडा नं. १,१०,१२,१४ हुँदै पाल्पासम्म निस्कने कालीगण्डकी करिडोरको स्तरोन्नतीको कार्य हाल भैरहेको छ ।

बा.न.पा वडा नं. ३ र ७स्थित मूलपानी स्कुलदेखि तितौरेसम्मको सडक, राजमार्गदेखि निरहेसम्मको सडक, उपल्लाचौरदेखि ढोडेनीसम्मको सडक र करिडोर पानीटंकी जल्केनी पैयुपाटा वडा कार्यालय हुँदै धापाखोलासम्मको सडकको World Bank को सहयोगमा डि.पी.आर.को कार्य अगाडि बढाईएको छ ।

यसै गरी वडा नं. १० र ११ स्थित गलुवा भकुण्डे हुँदै रायडाँडासम्मको सडकको Ashphalt pitch गर्ने गरी वोलपत्र आव्हान गरिएको छ । वडा नं. ५ र ६ भान्सा सांधखोला सडक कालोपत्रे तथा ढलानको कार्य सम्पन्न हुने चरणमा रहेको छ । वडा नं. २ र ३ का विभिन्न सडकहरुका खाल्टाखुल्टी पुर्ने कार्यका लागि सडक पुनः कालोपत्रे गर्ने कार्य भईरहेको छ । सडक वोर्डको कार्यक्रम अन्तर्गत विभिन्न वडामा सडक कालोपत्रे तथा ढलानको कार्य अगाडि बढाईएको छ । वडा नं. ४ र तिरुपतिचोक वडा नं. ५ मालिका हुँर्दै वडा नं. ७ सम्मको सडकको स्तरोन्नतीको कार्य अगाडि बढेको छ ।

 स्थानीय जनतावाट निःशुल्क हस्तान्तरण भएको वार्ड नं ४ स्थित १७.५० रोपनी जग्गामा नगर विकास कोषको ऋण तथा अनुदान सहयोगमा निर्माण भएको दावगरा बसपार्क निर्माण कार्य सम्पन्न भै हस्तान्तरण हुन नसक्दा संचालनमा आउन सकेको छैन । हाल बसपार्कमा बाटो खोल्ने र बत्ती जडान गर्ने कार्य सम्पन्न भएको छ भने संचालनमा ल्याउनको लागि संघ प्रदेशका विभिन्न सरोकारवाला निकाय संवैधानिक निकायहरुमा पहल गरिएको छ । सो सम्वन्धमा सकरात्मक दवाव सृजना गर्नको लागि सार्वजनिक सुनुवाई कार्यक्रम समेत सम्पन्न गरिएको छ ।
(ङ) शिक्षा, स्वास्थ्य, खेलकुद तर्फः
 शिक्षा क्षेत्रको विकास राष्ट्रको विकासको जग हो भन्ने कुरालाई हृदयङ्गम गरी बागलुङ नगरक्षेत्र भित्र रहेका विद्यालयहरुको विकास स्तरोन्नती शैक्षिक सुधार, शिक्षक अभावमा पठनपाठन नहुने परिपाटीको अन्त्यको लागि विभिन्न कार्यक्रमहरु संचालनमा ल्याएका छौ ।

प्रा.वि., नि.मा.वि. र मा.वि. तहमा कार्यरत महिला शिक्षकहरु सुत्केरी विदामा बस्दा सो अवधिमा सट्टा शिक्षक राख्ने गरी पठनपाठन अवरुद्ध नहुने व्यवस्था मिलाएका छौ । विभिन्न विधामा विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा संलग्न गराउनको लागि कम्प्युटर शिक्षक, खेल शिक्षक नियुक्ति गरेका छौ । विद्यालयको माग र आवश्यकताको आधारमा निजहरुलाई घुम्ती शिक्षकको रुपमा विद्यालय पुग्ने गरी व्यवस्था गरेका छौ ।

विद्यालयमा गरिएका असल अभ्यासहरुलाई अनुकरण गर्नको लागि शिक्षक विद्यार्थी अन्तर विद्यालय भ्रमण कार्यक्रमको सुरुवात गरेका छौ । बालमैत्री अभ्यास अन्तर्गत विद्यार्थीलाई एक बेन्च, एक डेक्सको अवधारणा अन्तर्गत २ जना विद्यार्थी बस्ने गरी १९४ थान वेन्च डेक्स प्रयोगमा ल्याईएको छ ।

विद्यार्थीको प्रतिभा पहिचानको लागि विविध कार्यक्रम संचालन गरी पुरस्कृत गरेका छौ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत १५ वटा विद्यालयमा आरसिसि भवन निर्माण कार्य भैरहेका छन । पदमसिंह छात्रवृत्ति अन्तर्गत स्नातक र उच्च शिक्षामा अध्ययनरत विपन्न वर्गका २३ जना विद्यार्थीलाई रु १०,०००।– का दरले रकम उपलब्ध हुने व्यवस्था मिलाएका छौ ।

 स्वास्थ्य क्षेत्र अन्तर्गत सिगाना स्वास्थ्य चौकीमा वर्थिङ सेन्टरको स्थापना, बा.न.पा. ११ रायँडाडाको तमाखुवारीमा शहरी स्वास्थ्य केन्द्रको स्थापना र बा.न.पा. १२ अमलाचौर स्वास्थ्य चौकीमा प्रयोगशाला सेवाको सुरुवात गरिएको छ । स्वास्थ्य सेवा र स्वास्थ्य कर्मीको पखाईमा रहेका त्यस क्षेत्रका बासीन्दाहरुको लागि स्वास्थ्य सेवाको न्युनतम आवश्यकता पुरा भएको विश्वास लिएका छौ ।

स्वास्थ्य शाखा मार्फत संचालन गरिएको कोभिड १९ विरुद्धको खोप सेवाको चौथो डोज खोप सेवालाई हाल संचालनमा ल्याएका छौ । हात्तिपाइले रोग विरुद्धको आम औषधि वितरण अभियान सञ्चालन गरी ९७ प्रतिशत नगरवासीले औषधी सेवन गरेका छन भने बागलुङ नगरपालिकालाई पुर्ण खोप सुनिश्चित पालिका घोषणा गर्न सफल भएका छौ ।

यस अवधिमा ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रम अन्र्तगत १५१ जना गर्भवती महिलाहरुलाई भिडियो एक्स रे सेवा प्रदान गरिएको छ । स्वास्थ्य कार्यक्रमहरुको स्थलगत अनुशिक्षण सवै वडाका स्वास्थ्य संस्थामा सम्पन्न गरिएको छ । किशोर किशोरी मैत्री स्वास्थ्य संस्था घोषणाका लागि ४ वटा स्वास्थ्य संस्थामा प्रारम्भिक तहको अभिमुखिकरण कार्यक्रम सञ्चालन गरेका छौ ।

 नवौ राष्ट्रिय तेक्वान्डो खेल अन्तर्गत सिनियर महिला तथा पुरुष राष्ट्रिय आई.टी.एफ.(तेक्वान्डो) प्रतियोगिता यस सुन्दर नगरी बागलुङमा आयोजना व्यवस्थापन गर्ने गरी प्राप्त भएको अवसरलाई हामीले सफलता पूर्वक सम्पन्न गरेका छौ । उक्त खेलले बागलुङ नगरपालिकालाई राष्ट्रिय रुपमा चिनाउन सफल भएको कुरामा विश्वस्त छौ ।

नगरप्रमुखको संयोजकत्वमा खेलकुद आयोजना व्यवस्थापन समिति गठन गरी बागलुङ जिल्लाको भेष भुषा, रहन सहन, सँस्कृति झल्कने गरी दर्जनौ झाकी, विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक, कर्मचारी, बजारबासी, खेल प्रेमी सहित हजारौको संख्यामा ¥यालिमा सहभागी हुने गरी उद्घाटन समारोह आयोजना गरेका थियौ ।

 ए.सि.सि. क्रिकेट प्रतियोगितामा बागलुङ जिल्लाबाट सहभागी भै खेल विजेता बन्न पुगेका कारण के.सी.लाई रु एकलाख रुपैया र शुभाष कंडेललाई रु ५० हजार रुपैया पुरस्कार सहित खेलाडी सम्मान गर्ने परिपाटीको शुरुवात गरेका छौ ।
 नगरस्तरिय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगितामा विभिन्न विधामा विजेता भएका विद्यार्थीहरुलाई मेडल प्रमाण पत्र, नगद पुरस्कार र जिल्ला स्तरिय प्रतियोगितामा सहभागि ४८ जना विद्यार्थीलाई नगद पुरस्कार सहित सम्मान गरेका छौ ।

(च) आर्थिक विकास तर्फ ः

 उत्पादन बढाई आत्मनिर्भर बन्नको लागि कृषि कार्यक्रम मार्फत ३६५ दिनको अवधिमा माटोको नमुना परिक्षण, १६६ रोपनी क्षेत्रफलमा कागतिका विरुवा रोप्ने कार्य, बा.न.पा. ८ मा कागती नर्सरी स्थापना गरिएको छ भने गहुँ, तोरी, मुसुरो, तरकारीको मिनि किट लगायतको विउ वितरण गर्ने कार्य सम्पन्न भएको छ ।

यसै गरी बेमौसमी तरकारी खेती र पुरानो बगैचा व्यवस्थापन, उच्च बजार मुल्य भएका किवि, ओखर, ड्रागन जस्ता विरुवा कृषकलाई वितरण, तरकारी पकेट र च्याउ पकेट विकास कार्यक्रम, मकै विउ तथा प्रवद्र्धन कार्यक्रम जस्ता कार्यक्रम सम्पन्न गरिएको छ ।

 पशु सेवा शाखा मार्फतघरमा घरदैलो परामर्श सेवा, परजिवि नियन्त्रण सेवा सम्पन्न भएको छ यसै गरी पशु उपचार तथा परिक्षण सेवा, पशुमा कृत्रिम गर्भाधान, बन्ध्याकरण गर्ने कार्यलाई निरन्तरता दिईएको छ भने व्यवसायीक कृषक परिवारलाई बर्षे घाँसको विउ वितरण गर्ने कार्य सम्पन्न भएको छ ।यसैगरी सामुदायिक कुकुरलाई रेविज खोप, बन्ध्याकरण सेवा र सम्पूर्ण वडाहरुमा पशु सचेतना कार्यक्रम संचालन गरिएको छ ।

 बागलुङ नगरक्षेत्र भित्र कार्यक्षेत्र रहि संचालनमा रहेका सहकारी संघसंस्थाहरुको क्षमता अभिवृद्धिको लागि विभिन्न कार्यक्रम संचालन गरी Copomis मा सहकारी संस्थाहरुलाई आवद्ध गराउने कार्य भएकोछ । साथै यस नगरक्षेत्रभित्रका सहकारी संघ संस्थाहरुको स्पष्ट झलक देखिने गरी पाश्र्वचित्र तयार गरिएको छ ।

 बागलुङ नगर क्षेत्र भित्र संघ र प्रदेशको निमायक क्षेत्राधिकारमा रहेका सहकारी संस्थाहरु शिवशिखर बहुउद्धेश्यीय सहकारी र ईमेज बचत तथा ऋण सहकारी संस्था लि.मा पछिल्लो समय देखिएको समस्याका कारण नगरवासी शेयर सदस्यहरु तथा वचतकर्ताहरुबाट आएका गुनासाको सम्वोधनको लागि सम्वन्धित निकायहरुमा आवश्यक समन्वय गर्ने कार्य गरिएकोछ ।

(छ) पर्यटन पूर्वाधार तथा शहरी शौन्दर्यता तर्फ

 बाङ्गेचौर र पाङ अदुवावारी जोड्ने गण्डकी स्वर्णीम झुला (Gandaki Golden Bridge) पुलमा वत्ती जडान गर्ने कार्य सम्पन्न गरी रातको समयमा पर्यटक आकर्षक गर्ने गन्तव्यको रुपमा विकास गरेका छौ । यसै गरी यस नगरपालिकाको मुख्य नाकाको रुपमा रहेको मालढुंगा पुल कालिका मन्दिरको पूर्व उत्तरतर्फ Welcome to Baglung लेख्ने कार्य सम्पन्न गरिएको छ भने मालढुंगाको पुलमा बत्ती जडान गर्ने लगायत डिजिटल वोर्ड जडान गर्ने कार्यको लागत ईष्टिमेट गरी बोलपत्र आव्हानको तयारी भईरहेको छ । यो कार्य सम्पन्न भए पश्चात मालढुंगा छिर्ने हरेक व्यक्तिले प्रवेशद्धारमा सुन्दरता र आकर्षक संगै आनन्दको अनुभुति गर्ने कुरामा विश्वास लिएका छौ ।

 यस नगरपालिका वडा नं. ९ स्थित डोयमा पर्यटकीय पदमार्ग सहित महादेवको मूर्ति राख्ने कार्यको लागि फड्के डाँडा देखि डोय सम्मको डि.पि.आर., वडा नं. १४ कुकुर गाडे र कुश्मा नगरपालिका जोड्ने कालिगण्डकी नदीमा झो.पू. निर्माणको लागि डि.पि.आर., यसै गरी वडा नं. १३ स्थित कालाखोलामा नदी नियन्त्रण तटवन्धन र वडा नं. १० एकलेसाल गलुवा पहिरोमा डि.पि.आर., वडा नं. १३ को दम्काफाँट र वडा नं. ३ को बोक्से खाल्टाखेत सिंचाई योजनाको डि.पि.आर. गर्ने कार्य अगाडि बढाईएको छ ।

त्यसैगरी वडा नं. ८ को स्वास्थ्य चौकी अगाडिको पै¥ह्रो, वडा नं. ३ स्थित छहरापँधेरा पै¥ह्रोको डिपिआर सम्पन्न भै बजेट मागको लागि सम्वन्धीत निकायमा पत्राचार गरिएको र वडा नं. ११ स्थित रामतोला पै¥ह्रोमा भू–गर्भ विद्हरुबाट अध्ययन गराई जोखिम युक्त पैह्रो व्यवस्थापन आयोजना संचालनको लागि डिपिआरको तयारी अन्तिम चरणमा पुगेको छ ।

 उज्यालो बागलुङ अन्तर्गत यस नगरपालिका वडा नं. १ र ४ सम्मको मालढुंगा देखि रामरेखा हुँदै उपल्लाचौर कुंडुलेसम्मको भागमा सडक वत्ती जडान गर्ने कार्य र बजार क्षेत्रमा हाईमास्ट बत्ती जडानको कार्य अन्तिम चरणमा पुगेकोछ ।

(ज) भवन तथा वस्ती विकास तर्फ

 नक्सापासलाई थप व्यवस्थित गरी आवश्यक मापदण्ड पुरा गर्न लगाई १० तला सम्म घर निर्माण गर्न दिने गरी भवन निर्माण मापदण्डलाई संशोधन गरिएको छ । साथै संम्भव भए सम्म नयाँ निर्माण हुने घरको चारै तर्फ प्लाष्टर गर्ने कार्यलाई कार्यान्वयनमा ल्याईएको छ । नक्सापास प्रकृयालाई थप सरल बनाउने तर्फ कार्ययोजना अगाडि बढाईएको छ ।

 नक्सापास प्रयोजनको लागि वडा नं. १, २, ३ र ४ का विभिन्न स्थानको माटो परीक्षण गर्ने कार्य अगाडि बढाईएको छ । यसैगरी वडा नं. १४ नारायणस्थानमा एकीकृत वस्ती विकास योजनाका लागि संभाव्यता अध्ययनको कार्य अगाडि बढाईएको छ ।

 बजार व्यवस्थापन गर्नको लागि सरोकारवाला सहितको समन्वयमा सडकमा अव्यवस्थीत रुपमा रहेका अधिकांश विद्युत पोल र अव्यवस्थीत तारलाई हटाईएको छ भने एघार स्थानमा रहेका सार्वजनिक जग्गासंरक्षण गरिएकोछ ।

(झ) सामाजिक सुरक्षा तथा घटना दर्ता तर्फ ः

 बागलुङमा रहेका ९ वटा बैंक संग समन्वय गरी बैंकिङ्ग प्रणालि मार्फत लाभग्राहीको सामाजिक सुरक्षा भत्ता लाभग्राहीको व्यक्तिगत खातामा जाने व्यवस्थालाई थप व्यवस्थीत गरी यो एक बर्षको अवधिमा कुल ७,५९९ जना लाभग्राहीलाई कुल रकम रु २७,११,१५,४६४।– रुपैया उपलब्ध गराई सकेका छौ । बृद्ध, असहाय, वेसहरा र एकल महिलाको हकमा सहारा बनेको यो सामाजिक सुरक्षा कार्यक्रम राज्यको महत्वपूर्ण लगानी हुन आएको छ ।

 यसै गरी जन्म, मृत्यु, विवाह, बसाई सराई रसम्वन्ध विच्छेद दर्ता गर्ने कार्यलाई सवै वडामा अनलाईन मार्फत सेवा प्रदान गर्दै जन्म दर्तालाई सन् २०२४ सम्म सत् प्रतिशत पु¥याउने लक्ष्यका साथ घटना दर्ता शिविर, घटना दर्ता सप्ताह, कर्मचारी र जनप्रतिनिधिलाई घटना दर्ता सम्वन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिसकेका छौ ।

 राष्ट्रिय परिचयपत्रमा आम नगरवासीको पंहुचलाई सहज र सरल बनाउनको लागि १४ वटै वडामा शिविर संचालन गरी कुल १७,९२४ जनाको फर्म ईन्ट्रीको कार्य सम्पन्न गरेका छौ ।

(ञ) लघुउद्यम विकास तर्फ ः

 गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत श्वेत पत्र जारी गर्दाको अवस्था सम्म जम्मा ९५ जनाले विभिन्न विषयमा तालिम प्राप्त गरेकोमा हाल बा.न.पा. वडा नं. ११, १२ र १३ मा संचालित कार्यक्रमबाट नयाँ उद्यमी उत्पादन भएका छन भने स्तरोन्नती समेतका कार्य सम्पन्न गरिएको छ । मेड मोडेल कार्यक्रम, सहभागितात्मक ग्रामीण लेखाजोखा कार्यक्रम, उद्यम शिलता विकास, पार्लर, सिलाई कटाई लगायतको तालिम कार्यक्रम सम्पन्न गरेका छौ ।

(ट) विविध तर्फ ः

 हिंसा र पिडामा परेका महिला तथा वालवालिकाहरुको हकहित संरक्षणको लागि संचालनमा रहेको अल्पकालिन महिला सेवा केन्द्र मार्फत हिंसा पिडित तथा प्रभावित महिला र किशोरीहरुको लागि आवश्यक आश्रय, लुगाफाटो, यातायात खर्च, स्वास्थ्य उपचार, कानुनी सेवाका लागि आवश्यक सेवा उपलब्ध गराईएको छ ।

घुम्ती सेवामा छुट भएका अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण गरेका छौ । यसैगरी राष्ट्रिय वाल दिवसअपांगता दिवस, ज्येष्ठ नागरिक दिवस, लैङ्गिक हिंसा विरुद्धको दिवस र अन्तराष्ट्रिय कार्यक्रमको आयोजना गरी सम्पन्न गरेका छौ ।

 सुरक्षित आप्रवासी कार्यक्रम (सामी) मार्फत ईलेक्ट्रिसियन, हाउस किपिङ, गार्मेन्ट लगायत सीप सम्वन्धी तालिम उपलब्ध गराईएको, निःशुल्क कानुनी सहायता मार्फत विभिन्न केशमा सहजीकरण गरी ठगीको रु ३१,९६,०००।– रकम फिर्ता गरिएको छ भने मृत्यु, अंगभंग तथा स्वास्थ्य सम्वन्धी केशमा क्षतिपूर्ती र ईन्सोरेन्स दावी वापतको रु १ करोड ८१ लाख १० हजार रुपैया उपलब्ध गराउन सहजीकरण गरिएको छ ।

 बागलुङ नगरपालिका क्षेत्रका महत्वपूर्ण योजना तथा कार्यक्रम माग गर्नको लागि मिति २०७९÷१२÷२१ गते देखि २०८०÷०१÷०४ सम्म विभिन्न मन्त्रालय, विभाग, योजना आयोग लगायत एडिवी प्रोजेक्ट, सस्पेन्सन ब्रिज डिभिजन कार्यालयमा भौतिक रुपमा उपस्थित भै बागलुङ नगरपालिकाका गौरवका योजना, अधुरा योजना र सम्भावनाहरुको विषयमा छलफल गरिएकोमा बा.न.पा. वडा नं. १३, १४ को दम्क फाँट लिफ्टिङ सिचाईको टेन्डर भएको, अदालत चौपारी तित्याङ भकुण्डे रायडाडा सडकको टेन्डर निकाल्ने प्रकृया अगाडि बढेको, बा.न.पा. १स्थित माईनडाँडा देखि बा.न.पा. ९, पालेवन जोडने झो.पु. को डिपिआर गरी बजेट विनियोजनका सम्वन्धमा आश्वासन प्राप्त भएको, कालाखोला नदी कटान नियन्त्रणको डिपिआरको लागि टोली आई सकेको, बागलुङ बजार ढल व्यवस्थापन सम्वन्धी योजनाको टेन्डर निकाल्नको लागि पहल गरिएको, सहलगानीमा संचालन भएको बागलुङ बजार नगर खानेपानी व्यवस्थापन गर्नको लागि नगरपालिकाको तर्फबाट यस आ.व.मा थप ५०,००,०००।– अक्षेरुपी पचास लाख रुपैया मात्र सहयोग गरिएको छ ।

(ठ) भावि कार्यक्रम

 कृषिलाई उद्यम, कृषकलाई उद्यमी भन्ने अभियानका साथ नगर क्षेत्रभित्रको परम्परागत निर्वाहमुखी कृषि प्रणालीलाई व्यवसायिकरण, विविधीकरण रयान्त्रिकीकरण गर्दै सुन्तला, तरकारी, धान, लगायत कृषि तथा पशुपालन पकेट क्षेत्र कार्यक्रमलाई अनुसन्धान र सम्भावनाको आधारमा विस्तार गरी कृषिलाई रोजगारको रुपमा विस्तार गर्ने र कृषि उत्पादनबाट नगरलाई आत्मनिर्भर नगरको रुपमा विकास गर्ने गरी कार्यक्रम अगाडि बढाएका छौ भने कृषकहरुको सुविधाको लागि कार्यालय भित्रै निःशुल्क कृषि परामर्श सेवा संचालन गरेका छौ ।

 सामुदायिक तथा संस्थागत विद्यालयहरुको शैक्षिक गुणस्तर समान रुपमा अघि बढाउन पछाडि परेका विद्यालयहरुलाई शैक्षिक पूर्वाधार, नविनतम् शैक्षिक सामग्री, सूचना प्रविधि र तालिममा सहयोग गर्ने गरी नगरक्षेत्र भित्रका शैक्षिक संस्थालाई नमुना शैक्षिक संस्थाको रुपमा विकास गर्ने गरी कार्यक्रम अगाडि बढाउने तयारी गरेका छौ । नगरक्षेत्र भित्र रहेका सबै विद्यालयहरुमा क्रमशः सिंगल डेस्क बेञ्च सहितको वालमैत्री विद्यालय र पुस्तकालयहरुको स्तरोन्नती गरीनुका साथै डिजिटल पुस्तकालय स्थापना गर्न पहल गर्ने गरी कार्यक्रम अगाडि बढाएका छौ ।

 नेपाल सरकारले भूउपयोग ऐन मार्फत जग्गाको वर्गिकरणको लागि ल्याएको नीति बमोजिम नगरक्षेत्रभित्रको जग्गालाई यथासंभव बैज्ञानिक ढंगले वर्गिकरणको आधार तथा मापदण्ड तयार पार्नको लागि जियोमेट्रिक्स ईन्जिनियर सहितको टोली मार्फत वर्गिकरणको कार्य शुरु गरेका छौ । यस कार्यलाई समयमै सम्पन्न गर्ने गरी अगाडि बढाएका छौ ।

 अन्तरपालिका समन्वयमा बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ जिल्लाका मुख्य मुख्य धार्मिक एवम् पर्यटकीय क्षेत्रहरुलाई जोड्ने गरी बृहत कृष्णगण्डकी सभ्यता पर्यटन विकास गुरुयोजना तयार गरी, बागलुङ पर्यटन विकास समिति गठन गरी बागलुङ नगरपालिकालाई गण्डकी प्रदेशमा पोखरा पछिको दोश्रो ठूलो पर्यटन र पर्यापर्यटन क्षेत्रको रुपमा विकास गर्ने गरी कार्यक्रम तय गरेका छौ ।

बागलुङ नगरपालिका क्षेत्र भित्र रहेका कालिका भगवती मन्दीर, काल भैरव भन्दीर, पञ्चकोट, शालीग्राम संग्रहालय, मालिका भगवती मन्दीर, सिगाना कोट लगायतका मठमन्दीरको विकास र प्रवद्र्धन गरी धार्मिक पर्यटनको मुख्य गन्तव्यको रुपमा विकास गर्ने गरी पर्यटन विकास विशेष कार्यक्रम संचालनको प्रकृया अगाडि बढाएका छौ ।

 बागलुङ प्रवेशद्धार मालढुंगा देखि ट्राफिक चोक सम्म चार लेनको सडक निर्माण, मालढुंगा पुलमा डिजिटल बोर्ड राख्ने, पुललाई शौन्दर्यकरण गर्ने, मालढुंगा देखि कुंडुले सम्म सडक बत्ति राख्ने लगायतको कार्य प्रारम्भ भै सकेको छ त्यसलाई छिट्टै निचोडमा पु¥याउने छौ ।

 एक वडा एक पूर्वाधार कार्यक्रम मार्फत वडामा देखिने खालका योजना कार्यान्वयन गर्ने गरी यसै वर्षदेखि डिपिआर शुरु गरेका छौ यसै गरी पक्की सडक संजाललाई वडाको केन्द्र सम्म पु¥याउने र एक वडा अर्को वडासंग सजिलै जोडिने गरी कालोपत्रे सडक निर्माणको अभियान अगाडि बढाएका छौ । हाम्रै कार्यकालमा उल्लेखित योजना सम्पन्न गर्ने गरी तयारी गरेका छौ ।

 नगरपालिकाका गौरवका योजना अन्तर्गत बागलुङ बसपार्क संचालनको लागि पहल गरेका छौ, बोक्से सिगाना वौडेचौर हुँदै शान्तीपुर जोडने सडकको निर्माण कार्य शुरु भैसकेको छ भने अदालत चौपारी देखि तित्याङ रायडाडा सडकको टेन्डरको अन्तीम चरणमा पुगेको छ । गलुवा भकुण्डे सडकको टेन्डर स्वीकृत भै निर्माण कार्य प्रारम्भको तयारीमा रहेको छ । उल्लेखित योजनाहरु उच्च महत्वका साथ समयमै सम्पन्न गर्ने गरी अगाडि बढेका छौ ।

 स्वास्थ्य तर्फ, निर्माण सम्पन्न हुन बाँकी स्वास्थ्य चौकीको निर्माण सम्पन्न गर्ने, बलेवा नगर अस्पताललाई जनशक्ति सहितको सुविधा सम्पन्न नगर अस्पतालको रुपमा बिकास गर्ने, प्रयोगशाला सेवालाई विस्तार गर्ने, जटिल प्रकृतिका प्रशुतिलाई निःशुल्क एम्वुलेन्स सेवा मार्फत सेवा दिने, महामारी रोग नियन्त्रण तथा प्रतिकार्य योजनाको तयारी गर्ने, पूर्ण खोप सुनिश्चितताको दिगोपना कायम राख्ने, जेष्ठ नागरिक घरदैलो स्वास्थ्य कार्यक्रम जस्ता आधारभुत स्वास्थ्यमा आम नगरवासीको पँहुच हुने खालका कार्यक्रमको शुरुवात गरेका छौ समयमै उक्त कार्यलाई प्रभावकारी कार्यान्वयनमा लैजाने छौ ।

 यसै गरी हाल नगरवासीको समस्याको रुपमा रहेको एक्लेसाल, रामतोला पैह्रो लगायत बोक्से गैह्रा पैह्रो, छहरा धारा पैह्रो, भलायवोट पैह्रो नियन्त्रण तथा रोकथामको लागि प्रभावकारी कार्यक्रम कार्यान्वयन गर्न सम्वन्धीत निकायहरुमा उच्च प्राथमिकताको साथ पहल भैरहेको र प्रारम्भिक तहको कार्यको शुरुवात भै सकेको हुँदा छिट्टै दीर्घकालिन समाधान हुने जानकारी समेत गराउन चाहन्छौ ।

 हाल माईनडाँडामा रहेको कारागारलाई उपयुक्त स्थानमा स्थानन्तरण गरी उक्त स्थानलाई ट्रेनिङ स्कुलको रुपमा विकास गर्ने र बागलुङ नगरपालिकाको लागि सुविधा सम्पन्न भवन निर्माणको लागि जग्गा प्राप्तीको प्रकृया अगाडि बढाईरहेका छौ ।

 बा.न.पा वडा नं. ७ मूलपानी स्कुलदेखि कालिमाटी तितौरे सम्मको सडक, वडा नं. १ राजमार्ग देखि निरहे सम्मको सडक, वडा नं. ४ उपल्लाचौर देखि ढोडेनी सम्मको सडक र वडा नं. १३ र १४ को करिडोर पानी टंकी जल्केनी पैयुपाटा वडा कार्यालय हुँदै धापा खोला सम्मको सडकलाई महत्वका योजनाको रुपमा परिभाषित गरी ध्यचमि द्यबलपको सहयोगमा ल्ग्न्क्ष्ए कार्यक्रम मार्फत डि.पी.आर.को कार्य अगाडि बढाईएको छ भने छिट्टै कार्यान्वयनको प्रकृयामा लगिनेछ ।

 खानेपानी समस्यालाई दीर्घकालिन समाधान गर्नको लागि मन्त्रालय, विभाग, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय र नेवासंगको सहकार्यमा एक घर एक धारा कार्यक्रम मार्फत नगरक्षेत्रका प्रत्येक घरमा शुद्ध खानेपानीको व्यवस्था गर्ने गरी हाल वडा नं. १२ अमलाचौर लिफ्टिङ खानेपानी, वडा नं. ८ लामीचौर लिफ्टिङ्ग खानेपानी र वडा नं. ४ कुंडुले, उपल्लाचौर लिफ्टिङ्ग खानेपानी योजनाको काम शुरु गरी सकेका छौ भने बाँकी क्षेत्रको लागि पहल गरिसकेका छौ ।

 मुक्तिनाथलाई गन्तव्य बनाई पाल्नुहुने श्रद्धालु भक्तजनहरुको सहजताको लागि बागलुङ देखि बेनी सम्मको सडक स्तरोन्नतीको कार्य र ढोडेनी फोर्से स्थित कालिगण्डकी नदिमा पक्की पुल निर्माणको लागि आवश्यक पहल गरेका छौ ।

 बजारलाई थप व्यवस्थीत बनाउनको लागि शहरी शौन्दर्यताका कार्यक्रम संचालन गर्ने, आवश्यक मापदण्ड पुरा गर्न लगाई १० तला सम्म घर निर्माण गर्न ईजाजत दिने र बागलुङको पुरानो बजारलाई पुरातात्विक आकर्षण झल्कने गरी घर तथा संरचना निर्माण गर्ने गरी तयारी गरिरहेका छौ ।

 बाङ्गेचौर खेलमैदानलाई आधुनिक स्टेडियम सहितको खेलमैदानको रुपमा विकास गर्ने गरी प्रकृया अगाडि बढाएका छौ ।

 हाल नगरको समस्याको रुपमा रहेको फोहरमैला व्यवस्थापनको कार्यलाई घरघरमा फोहरको वर्गिकरण गरी श्भचय ध्बकतभ को अवधारणाको पहल गरेका छौ ।

 बा.न.पा. वडा नं. १३ कालाखोलामा रहेको औधोगिकग्राममा हाल भैरहेको नदि कटानको कार्यलाई रोकी नगरक्षेत्रका उद्योगहरु उक्त क्षेत्रमा संचालन हुने गरी अध्ययन अगाडि बढाएका छौ ।

 बजार क्षेत्रमा धेरै पहिला देखि ठूलो समस्याको रुपमा रहेको ढललाई व्यवस्थापन गर्नको लागि खानेपानी तथा ढल निकास विभागको सहयोगमा व्यवस्थित ट्रिटमेन्ट प्लान्ट सहितको अन्डरग्राउड ढल सहितको योजना शुरुवातको प्रकृयामा रहेको छ । यसलाई हामीले उच्च प्राथमिकताका साथ अगाडि बढाएका छौ ।

 नेपाल भित्र तथा बाहीर रहेका नगरपालिकाहरु मध्ये यस नगरपालिकासंग सम्वन्ध स्थापीत गर्न मिल्ने नगरपालिकाहरु वीच भगिनी सम्वन्ध स्थापना गर्नको लागि पहल अगाडि बढाएका छौ ।

 नगरपालिकाको सेवालाई थप प्रभावकारी बनाउनको लागि संस्थागत सुशासनलाई उच्च प्राथमिकताका साथ अगाडि बढाएका छौ । जस अन्तर्गत हेल्प डेक्सको स्थापना, मुस्कान सहितको सेवा, सेवाग्राहीलाई विना झन्झट सेवा प्रदान, प्रत्येक वडाबाट अनलाईन सेवा लगायतका कार्यक्रमलाई अगाडि बढाएका छौ ।

नगरवासीका चाहना, नगरवासी वीच हामीले गरेका प्रतिवद्धता, नगरका समृद्घि र आदरणीय नगरवासीका हित एवम् सरोकारका विषयलाई पुरा गर्न दृढ संकल्प सहितको प्रतिवद्धता व्यक्त गर्न चाहन्छु । नगरवासीले नगरको विकास तथा सम्मृद्धिको लागि विश्वासका साथ हामीलाई दिनु भएको अभिभारा पुरा गर्नमा नगरपालिकाको तर्फबाट यथासंम्भव प्रयास रहने प्रतिवद्धता पूनः व्यक्त गर्दै समुन्नत नगर निर्माणमा यहाँहरुको साथ सहयोग सदैव अपेक्षित रहेको व्यहोरा अनुरोध गर्दछु ।

नगरपालिका भित्र रहेका परिवार विहीन, परिवारबाट हेला गरिएका वृद्धवृद्धा, अपाङ्ग, मानसीक सन्तुलन गुमाएका वेसहाराहरुलाई उचित संरक्षण र रेखदेख गर्ने गरी जिम्मेवारी लिन यसै समारोह वीचप्रतिवद्धता सहितको घोषणा गर्दछु ।

अन्तमा गण्डकी प्रदेश सरकारका माननीय मुख्यमन्त्री ज्यु, प्रतिनिधी सभाका सदस्य ज्युहरु, नेपाल सरकारका पूर्व मन्त्रीज्युहरु, उच्च अदालत पोखरा बागलुङ ईजलासका माननीय न्यायधिस ज्यु, गण्डकी प्रदेश सरकारका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रीज्यु, गण्डकी प्रदेश सभाका उप–सभामुख ज्यु, संविधान सभाका सदस्यज्युहरु,पूर्व राज्यमन्त्रीज्युहरु, प्रतिनिधि सभाका पूर्व सदस्य ज्युहरु, प्रदेश सभाका माननीय ज्युहरु, जिल्ला समन्वय समिति बागलुङका प्रमुख ज्यु, उपप्रमुख ज्यु, छिमेकी नगरपालिकाका नगरप्रमुखज्युहरु, नगर उप–प्रमुखज्युहरु, छिमेकी गाँउपालिकाका अध्यक्ष ज्युहरु, उपाध्यक्ष ज्युहरु, माननीय जिल्ला न्यायधिस ज्यु, प्रमुख जिल्ला अधिकारी ज्यु, नेपाली सेना लगायत सुरक्षा निकायका प्रमुख ज्युहरु, कार्यालयका प्रमुख ज्युहरु, राजनैतिक दलका प्रमुख ज्युहरु, नेपाल वार एशोसिएसन, उद्योग बाणिञ्य संघ लगायत विभिन्न संघसंस्थाका प्रमुख एवं प्रतिनिधि ज्युहरु, पत्रकार ज्युहरु, नागरिक समाजका प्रतिनिधी ज्युहरुलगायत सम्पूर्ण बुवा आमा तथा दाजुभाई दिदी वहिनी लाई हृदय देखि धन्यवाद दिन चाहन्छु ।

यसै गरी बागलुङ नगरपालिकाका नगरउपप्रमुख लगायत सम्पूर्ण कार्यपालिका, नगरसभासद ज्युहरु, र कार्यक्रमलाई सम्पन्न गर्न तथा हाम्रा नीति तथा कार्यक्रम कार्यान्वयनको लागि अहोरात्र खटिने बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लगायतसम्पूर्ण कर्मचारीहरुलाई धन्यवाद दिन चाहन्छ ।
जय, बागलुङ ।

(बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले पदभार ग्रहण गरेको ३६५ दिनको उपलक्षमा नगरवासीको नाममा गर्नु भएको सम्वोधनको सार संक्षेप)

प्रतिक्रिया दिनुहोस्