बागलुङ । बागलुङ उच्च अदालत बार एशोसिएशनको अध्यक्षमा रमेश बहादुर खड्का सर्वसम्मन चयन भएका छन् ।
शनिबार भएको ४५ औं साधारणसभा तथा ३२ औं अधिवेशनबाट खड्कालाई अध्यक्षमा चयन गरेको हो ।अधिवेसनले खड्काको अध्यक्षतामा सर्वसम्मत रुपमा १३ सदस्यीय समिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा हरिकृष्ण सुवेदी, सचिवमा उमा शंकर सापकोटा, सहसचिव लक्ष्मी जिसी कार्की, कोषाध्यक्ष लक्ष्मी बाँस्कोटा, सदस्यहरुमा डा डिल्ल्ली राज गौतम, हरि प्रसाद गौतम, ज्ञानेन्द्र राज पन्त, गोविन्द प्रसाद वझा, विष्णुप्रसाद शर्मा, तेजेन्द्र बहादुर थापा, युक्त
जंग राजभण्डारी, संजिव कुमार श्रेष्ठ, पदेन सदस्य अखिल नाथ शर्मा रहेका छन् । त्यसै गरी केन्द्रीय पार्षदमा निरजंन लाल राजभण्डारी, रामराजा कँडेल, बलराम शर्मा र सरिता केसी रहेका छन् ।
अध्यक्षमा चयन भएपछि खड्काले बारलाई चुस्त दुरुस्त र थप क्रियाशिल बनाउँदै सवैको सहयोग र सहकार्यमा अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।













































































































































































































