२० बैशाख २०८१, बिहीबार

 

होटल व्यवसायी संघका अध्यक्ष राजभण्डारीद्वारा जन्म दिनको उपलक्ष्यमा आश्रमलाई भोजन सहयोग

बागलुङ । बागलुङ होटल व्यवसायी संघले मानवसेवा आश्रम बागलुङमा रहेको बेसाहारा एवं असाहय आश्रीत नागरिकलाई दर खुवाएको छ । शनिबार बागलुङ होटल व्यवसायी संघका अध्यक्ष निलेश राजभण्डारीको जन्म दिन तथा हरितालिका तीजको अवसर परेर दर काने कार्यक्रम आयोजना गरेको हो ।

राजभण्डारीले व्यवसायसँगै समाजिक तथा मानविय सेवामुलक कार्य गर्दै आएका छन्। सडक मानवहरुको उद्धार र स्याहार गर्दै आएको मानवसेवा आश्रम बागलुङ विभिन्न व्यक्ति तथा संघ सस्थाको सहयोगमा संचालन हुँदै आएको छ ।

बेसहारा एवं असहाय भई भोकभोकै सडक पेटीमा बसोबास गर्ने र भीख माग्नेलाई सहारा दिने उद्देश्यले आश्रममा स्थापना गरिएको थियो। ‘मानवीयताको कुनै सीमा हुदैन’ भन्ने नाराका साथ सर्वोत्कृष्ट जीवन,शाश्वत चिन्तन र भातृत्वको आधारमा आश्रमले काम गरिरहेको छ।

कार्यक्रममा बागलुङ होटल व्यवसायी संघका अध्यक्ष निलेश राजभण्डारी, वरिष्ठ उपाध्याक्ष ताल हादुर कुँवर, उपाध्यक्ष ललिता थापाले मन्तव्य व्यक्त गर्नु भएको थियो । सो कार्यक्रमको संचालन मानव सेवा आश्रम बागलुङका संचालिका विपना तामाङले गर्नु भएको थियो ।

क्यान्सर पीडित थापालाई बागलुङ होटल व्यवसायी संघको आर्थिक सहयोग

यसै विच बागलुङ होटल व्यवसायी संघ बागलुङले क्यान्सर पीडित पूर्ववडा अध्यक्ष गणेश थापाको उपचारको लागि नगद १६ हजार सहयोग गरेको छ । फेमलि गार्डेन रेष्टुुरेन्टका संचालन समेत रहेका थापाको मेरूदण्डमा जटिल प्रकारको क्यान्सर लागेपछि उपचारको लागि सहयोग गरिएको अध्यक्ष राजभण्डारीले बताउनु भयो।

थापाले भारतको मद्रासको चेन्नईमा रहेको एपोलो प्रोटोन क्यान्सर सेन्टरमा उपचार गर्दै छन् ।थापाको उपचारको लागि समाजसेवी चन्द्र बहादुृर थापाको संयोजकत्वमा गणेश बहादुर थापा मगर उपचार सहयोग समिति गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्