१५ बैशाख २०८१, शनिबार

 

आजदेखि ३४ पृष्ठको राहदानीका लागि आवेदन दिन सकिने

काठमाडौं । राहदानी विभागले आज असोज १ गतेदेखि ३४ पृष्ठको राहदानीका लागि आवेदन दिन भनेका छन्। विभागले आइतबार एक सूचना जारी गर्दै ३४ पृष्ठको राहदानीका लागि आजदेखि आवेदन खुला गरेको हो ।

अनलाइन फारम भर्ने सेवाग्राहीले ३४ पृष्ठ छनोट गरी आवेदन दिन सक्ने भएको छ । विभागले गत असारमा ३४ पृष्ठको राहदानीको बुक सकिएको भन्दै ६६ पृष्ठको मात्र वितरण गर्दै आएको थियो ।

साधारण सेवाग्राहीका लागि ३४ पृष्ठ र ६६ पृष्ठका गरी दुई प्रकारका राहदानी वितरण गर्दै आएको र ३४ पृष्ठको हकमा ५ हजार रुपैयाँ र ६६ पृष्ठको १० हजार रुपैयाँ लिने गरिएको थियो ।

अहिले ६६ पृष्ठको राहदानी सकिएकोले ३४ पृष्ठको राहदानीमात्र विभागले उपलब्ध गराएको छ ।

प्रतिक्रिया दिनुहोस्