१५ कार्तिक २०८३, शनिबार

 

आइएमई ग्रुपले भूकम्प प्रभावितलाई १ करोड ५० लाख रुपैयाँ सहयोग गर्ने

काठमाडौं । आइएमई ग्रुपले भूकम्प प्रभावितलाई १ करोड ५० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ। आइतबार विज्ञप्ति जारी गर्दै जाजरकोट, रुकुम पश्‍चिम लगायतका जिल्लाका प्रभावित क्षेत्रमा उद्धार तथा राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम प्रदान गरिने ग्रुपले जनाएको छ।

ग्लोबल आइएमई बैंक लिमिटेड, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड, आइएमई लाइफ इन्स्योरेन्स लिमिटेड र आइएमई लिमिटेड लगायत आइएमई ग्रुपद्वारा प्रवर्द्धित कम्पनीहरू तथा आइएमई फाउन्डेसन मार्फत भूकम्प पीडितको लागि सहयोग गर्न लागेको हो ।

आइएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकालले भूकम्प तथा महामारीका समयमा उद्धार, तत्काल राहत वितरणमा आइएमई ग्रुपलाई नै परिचालन गरेको स्मरण गर्दै यसपटक तत्काल राहत र पुनर्स्थापनामा सहयोग गर्न पनि हरसम्भव सहयोगका लागि जुटेको बताएका छन्। शुक्रबार राती कर्णाली प्रदेशको जाजरकोट जिल्लामा केन्द्र विन्दु भई गएको विनाशकारी भूकम्पले हालसम्म १५७ जनाको मृत्यु भएको, १७० जना घाइते भएको र केही बेपत्ता छन्।

सो क्षेत्रमा आइएमई ग्रुप तथा आइएमई फाउन्डेसनले स्थानीय प्रशासनसँगको समन्वयमा थप सहयोगसमेत उपलब्ध गराउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung