२७ बैशाख २०८१, बिहीबार

 

उच्च अदालतको पेशी तारेख अटोमेसन प्रणालीबाट

बागलुङ । उच्च अदालत पोखरा बागलुङ इजशाल प्रविधि मैत्री बन्दै गएको छ । प्रविधिका कारण फैसलामा हुने ढिलाईको अन्त्य समेत भएको छ भने नागरिकले तोकिएकै समयमा न्याय पाउन थालेका छन् । अदालत प्रविधिमैत्री बन्दै गएपछि मुद्दा फछ्यौट दर समेत बढ्दै गएको छ । अदालतमा एक वर्ष नाघेका मुद्दा न्यून मात्रै छन् ।

सेवाग्राहीलाई सहज सेवा दिनका लागि कम्प्युटर प्राणाली अटोमेसन मार्फत पेशी तोक्न थालिएको छ । उच्च अदाल पोखरा बागलुङ इजलाशका मुख्य भई काम गर्ने न्यायाधिस मदन पोखरेलका अनुसार सेवाग्राहीलाई सहज पु¥याउनका लागि कम्प्युटर प्राणाली अटोमेसन मार्फत पेशी तोक्न थालिएको छ ।

“बादीले एउटा समय माग्ने, प्रतिवादीले अर्को समय माग्ने हामीलाई कुन समय दिने भन्ने हुन्थ्यो, अब कम्प्युटरलेनै मुद्दाको पेशी तोक्नेछ, मुद्दाको सुनुवाई नगर्दासम्म अर्को पेशी कम्प्युटरले तोक्दैन” न्यायाधिस पोख्रेलले भन्नुभयो “पुस १ गतेदेखि हाम्रो उच्च अदालतमा लागु भइसक्यो, जिल्ला अदालतमा समेत लागु गर्ने तयारी छ ।”

सर्वोच्च र सबै उच्च अदालतमा यो विधि लागू हुँदा सेवाग्राहीलाई सहज भएको छ जस्ले गर्दा चाहेर पनि ढिला फैसला हुँदैन । अदालतले टाइम कार्डको समेत व्यवस्था गरेको छ । मुद्दा दर्ता भएकै दिन मुद्दाको पेशी, आदेश र फैसला हुने समयको व्यवस्थापन गरेर सोही अनुसार पेशी र तारेख दिने गरिएको उच्च अदालत बागलुङका रजिष्ट्रार मुकुन्द आचार्यले जानकारी दिनुभयो ।

अदालतभित्रै टिभीको डिस्प्लेमार्फत पेशी र सूचना दिने व्यवस्था गरिएको छ । अदालतको वेवसाइट अद्यावधिक गर्ने, पक्षलाई पायक पर्ने अदालतबाट तारिख लिन पाउने, एसएमएसबाट मुद्दाको जानकारी पाउने, फैसला निशुल्क पाउनेजस्ता सेवा दिन थालेको आचार्यको भनाई छ ।

अदालतको सेवालाई परिवर्तन र सुधार गरेसँगै मुद्दा फछ्र्यौटमा पनि प्रगति भएको देखिएको हो । पुस १ गतेदेखि कम्प्युटरमार्फत पेशी तोक्ने ९अटोमेसन० प्रणाली लागु गरेको हो । रजिष्ट्रार आचार्यका अनुसार चालु आर्थिक वर्षमा लक्ष्य भन्दा १४५ प्रतिशत मुद्दा फछ्र्यौट भएको छ ।

चालु वर्षको सुरु हुनुअघि अघिल्लो वर्षका १ सय ६१ मुद्दाको जिम्मेवारी सरेर आएकोमा चालु वर्ष ३ सय ८३ मुद्दा दर्ता भइ ५ सय ४४ मुद्दा पुगेको रजिष्ट्रार आचार्यको भनाई छ । तीमध्ये हालसम्म २ सय ३९ मुद्दा फछ्र्यौट भएको र १ सय २५ थान बाँकी रहेका छन् । यो संख्या कुल लक्ष्यको १ सय ४५ प्रतिशत फछ्र्यौट रहेको छ ।

मासिक रुपमा पनि फछ्यौटको संख्या राम्रो हुँदा तोकेभन्दा बढी मुद्दा फैसला भएको आचार्यले बताउदै आचार्यले गत साउनमा २३ को लक्ष्य राखेकोमा ३३ मुद्दा फैसला गरिएको थियो । भदौमा ३२ मा ३८, असोजमा २९ मा ५३, कात्तिकमा १६ मा १०, मंसिरमा ३२ मा ६१ तथा पुसमा ३२ मा ५६ मुद्दा फछ्यौट भएका हुन् ।

अदालतले सोधपुछ र सहायता कक्ष राखेर अदालत आउने सेवाग्राहीलाई स्वयं सेवक र सहजकर्ताले नै सबै शाखामा पु¥याउने काम समेत थालेको छ भने सन्तुष्टी फर्म समेत भर्ने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्