२० बैशाख २०८१, बिहीबार

 

गुराँस कप फूटसल प्रतियोगिता हुँदै

बागलुङ । गुराँस विद्या सदनको छैठौं वार्षिकोत्सवको अवसरमा यहि माघ २४ र २५ गते गुराँस कप अन्तर विद्यालय स्तरीय फूटसल प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

गुराँस विद्या सदन बाल क्लवको आयोजनामा प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा १५ विद्यालयका २० समूहको सहभागिता रहने गुराँस विद्या सदनका प्रिन्सिपल निशान खड्काले जानकारी दिनु भयो ।

कक्षा ८ सम्मका विद्यार्थीहरुबीच प्रतियोगिता संचालन गर्न लागिएको विद्यालयका प्रिन्सिपल खड्काले पत्रकार सम्मेलनमार्फत जानकारी दिनु भयो ।

प्रतियोगितामा विजेता समूहलाई १५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेता बन्ने समूहलाई ७ हजार ७ सय ७७ रुपैयाँसहित ट्रफी मेडल, प्रमाणपत्र प्रदान गरिने विद्यालयले जनाएको छ ।

प्रतियोगितामा सेमिफाइनल पुग्ने समूह, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई पनि पुरस्कृत गरिने शिक्षक रामु जिसीले बताउनु भयो । खेलले बालबालिकाको प्रतिभा र स्वास्थ्यलाई सकरात्मक प्रभाव पार्ने पत्रकार महासंघ बागलुङका सचिव विजय रानाले
बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्