१६ बैशाख २०८१, आईतवार

 

धवलागिरि बहुमुखी क्याम्पसले ६१ औँ वार्षिकोत्सव मनाउदै

बागलुङ । धवलागिरि बहुमुखी क्याम्पसले ६१ औँ वार्षिकोत्सव मनाउने भएको छ । वार्षिकोत्सव माघ २९ गतेदेखि सुरु हुने सामेबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको थियो ।

वार्षिकोत्सवको उपलक्ष्यमा २ गते रक्त दान, ३ गते अन्तर क्याम्पस स्तरीय हाजिर जवाफ आयोजना गरिएको छ । यसै गरी फुटबल प्रतियोगिता, छात्र, छात्रा भलिबल प्रतियोगिता, मालढुगादेखि क्याम्पससम्म दौड प्रतियोगिता पनि हुने भएको छ ।

मूल समारोह ८ गते हुने क्याम्पस प्रमुख प्रा. डा. राम प्रसाद उपाध्यायले जानकारी दिनु भयो । वार्षिकोत्सवको अवसरमा उत्कृष्ठ कार्य सम्पादनको आधारमा प्राध्यापक र कर्मचारीलाई सम्मान गर्ने कार्यक्रम पनि तय भएको छ ।

विसं २०१९ सालमा स्थापना भएको यस क्याम्पसले शैक्षिक विकासमा महत्वपूर्ण योगदान दिदै आएको छ । यस क्याम्पसमा मानविकी, व्यवस्थापन, शिक्षा र विज्ञान संकायको पढाइ हुन्छ ।

प्रतिक्रिया दिनुहोस्