१६ बैशाख २०८१, आईतवार

 

फ्युचर ब्राईटर फुटसल कपको उपाधि आयोजककै पोल्टामा

बागलुङ । फ्युचर ब्राईटर बोर्डिङ स्कुलको ३५ औँ वार्षिकोत्सवको अवसरमा आयोजित प्रथम फ्युचर ब्राईटर फुटसल कप प्रतियोगिताको उपाधि आयोजक फ्युचर ब्राईटर बोर्डिङ स्कुलले जितेको छ ।

फ्युचरले फाइनलमा रूद्रेपिपल माविलाई ४-० गोलअन्तरले पराजित गर्दै उपाधि चुमेको हो ।

फ्युचरले न्यू एभरेष्ट एकेडेमी र रूद्रेपिपलले गुराँस विद्या सदनलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरेका थिए ।प्रतियोगिताको विजेता फ्युचर र उपविजेता रूद्रेपिपलले क्रमशः नगद १२ हजार र ६ हजार रुपैयाँ सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरेका छ ।

यस्तै सेमिफाइनलमा पुगेको गुराँस विद्या सदन र न्यू एभरेष्ट एकेडेमीले नगद प्राप्त गरेको फ्युचर ब्राईटरका शिक्षक आशिष परियारले जानकारी दिनुभयो ।

प्रतियोगितामा रूद्रेपिपल माविका सुलभ थापा सर्वोत्कृष्ट खेलाडी, फ्युचरका साहिल खड्का उत्कृष्ट गोलरक्षक र फ्युचरकै श्रीकृष्ण जिसी सर्वाधिक गोलकर्ता बनेका छन् ।

फ्युचर ब्राईटर बोर्डिङ स्कुलले वार्षिकोत्सवको अवसर पारेर आयोजित कक्षा ६ सम्मका विद्यार्थीको फुटसल प्रतियोगितामा १८ टिमको सहभागिता रहेको थियो ।

समापन कार्यक्रममा फ्युचर ब्राईटर बोर्डिङ स्कुलका प्रिन्सिपल वालकृष्ण शर्मा, न्यू एभरेष्ट एकेडेमीका प्रिन्सिपल कृष्ण अधिकारी, फ्युचर ब्राईटरका शिक्षक सुनिता पुरी, निर्णायक आशिष केसी, रोशन खत्री लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रम कार्यक्रम फ्युचर बाल क्लबका अध्यक्ष अमृत थापाको अध्यक्षता, शिक्षक टिकाजित पुनको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्