१५ बैशाख २०८१, शनिबार

 

कालिका कप भलिबल हुँदै, विजेतालाई ३ लाख पुरस्कार

बागलुङ । ऐतिहासिक चैतेदशैको मुख्य आकर्षणको रुपमा रहेको तीन लाख राशीको कालिका कप खुल्ला भलिबल प्रतियोगिता हुने भएको छ ।

बागलुङमा सर्वाधिक पुरस्कार राशीको कालिका कप खुल्ला भलिबल प्रतियोगिताले भलिबल खेलको प्रर्बद्धन हुँने अपेक्षा गरिएको छ ।

यहाँको तीन सय वर्ष पुरानो मेलाको रुपमा रहेको चैते दशै मेलाको अवसरमा कालिका भगवती गुठी व्यवस्थापन समितिको आयोजनामा ३ लाख पुरस्कार राशीको कालिका कप भलिबल प्रतियोगिताको आयोजना गरिएको अध्यक्ष कुमार खड्काले बताउनुभयो ।

प्रतियोगिताको उपाधि चुम्नका लागि विभागीय टिम सहित राष्ट्रिय खेलाडीको सहभागी हुने खड्काले बताउनुभयो ।

“यहाँको चैते दशै मेलाको प्रमुख आकर्षणको रुपमा रहेको कालिका कप हो, प्रथम हुँनेलाई ३ लाख पुरस्कार छ, खेलाडीहरुलाई खेल अवधिभर खाना बस्न र भत्ताको व्यवस्था मिलाइएको छ” अध्यक्ष खड्काले भन्नुभयो “प्रतियोगिताले चैते दशै मेलामा लोक दोहोरीसँगै भलिवललाई समेत प्रर्बद्धन गर्नेछन् ।”

प्रतियोगितामा द्धितीय हुनेले रु १ लाख ५० हजार र तृतीय हुनेले १ लाख पाउनेछन् । सर्वोत्कृष्ट र अनुशासित खेलाडीलाई ५,५ हजार पुरस्कृत दिइने खड्काले जानकारी दिनुभयो ।

यहि चैत्र ३० गतेदेखि बैशाख ६ गतेसम्म सञ्चालन हुँने मेलामा पाँच लाख धार्मिक पर्यटक भित्रिने करोड भन्दा बढीको आर्थिक कारोबार हुँने लक्ष्य लिइएको छ ।

मेलाको अवसरमा लोक दोहोरी गीत प्रतियोगिता, मावि (कक्षा १० सम्म) स्तरीय सामुहिक नृत्य, छेलो लगायतका प्रतियोगिताको आयोजना गरिएको छ । ऐतिहासिक चैतेदशै मेलाका लागि बागलुङ कालिका मन्दिर र मन्दिर क्षेत्रलाई सौन्दर्यकरण समेत गरिएको छ ।

चैत्र ३० गतेबाट आयोजना गरिने तीन सय वर्ष पुरानो चैते दशैलाई लक्षित गरी कालिका मन्दिर पुग्ने पदमार्गमा विद्युतीय लाईट तथा रङ्गीचङ्गीका लाईट समेत जोडिएको छ ।

चैत दशैंका अवसर बागलुङमा आयोजना गरिने चैते दशैं मेलाले स्थानीय सामाग्री डोको, नाङ्लो ठेका, डाला लगायतको व्यापार हुँदै आएको छ ।

‘गन्तव्य बागलुङ कालीकाः कला र संस्कृतिको प्रवद्र्धन–स्थानीय उत्पादन, व्यापार र पर्यटन प्रवद्र्धन’ भन्ने मुल नाराका साथ यस वर्षको चैते दशै मेला आयोजना गरिएको हो । राष्ट्रिय लोक दोहोरी प्रतियोगितामा प्रथम हुने टिमलाई नगद रु। २ लाख पुरस्कार र दृतिय हुने टिमलाई नगद रु। १ लाख र तृतीय हुनेलाइ नगद ५० हजार र उत्कृष्ट स्वर हुने महिला पुरूष तथा उत्कृष्ट भेषभूषा महिला पुरूषलाइ नगद ५, ५ हजार नगद पुरस्कार प्रदान गरिने छ ।

आदर्शसंचारबाट

प्रतिक्रिया दिनुहोस्