४ श्रावण २०८३, सोमबार

 

छात्र, छात्रा कबड्डी प्रतियोगिताको उपाधि प्रिसियस एकेडेमीलाई, गुराँस विद्या सदन द्धितीय

बागलुङ । प्रिसियस एकेडेमीले एन प्याब्सनका विद्यालयहरुबिच आयोजना गरेको छात्र, छात्रा कबड्डी प्रतियोगिताको उपाधि आयोजकले चुमेको छ ।

शुक्रबार खेलमा छात्र र छात्रा तर्फ प्रिसियस एकेडेमी प्रथम भएको थियो भने गुराँस विद्या सदन द्धितीय भएको थियो ।

साथै छात्र तर्फ सनराइज आवासिय मावि तृतीय र छात्रा तर्फ न्यू ओएसिस एकेडेमी तृतीय भएका छन् । प्रतियोगितामा आठ वटा विद्यालयले भाग लिएका थिए ।

प्रथम हुनेले नगद ६ हजार, मेडल, ट्रफी र प्रमाणपत्र र उपविजेता टोलीलाई ४ हजार, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका थिए ।

साथै तृतीय हुनेले नगद ३ हजार , मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको प्रिसियस एकेडेमीका अध्यक्ष राजन शर्माले नयाँ विश्वलाई बताउनु भयो ।

कार्यक्रममा एनप्याब्सन नगर सचिव निशान खड्का, एनप्याब्सन बागलुङ जिल्ला अध्यक्ष नेत्रलाल न्यौपाने, एनप्याब्सन केन्द्रीय सदस्य वालकृष्ण शर्मा र बागलुङ नगरपालिकाका शिक्षा अधिकारी धनप्रसाद पोख्रेलले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

बिहीबार भएको कबड्डी प्रतियोगिताको उद्घाटन बागलुङ नगरपालिका १ का वडा अध्यक्ष जयबहादुर केसीले गर्नु भएको थियो ।

कार्यक्रममा प्रसियस एकेडेमीका अध्यक्ष राजन शर्माको अध्यक्षता, स्वागत एनप्याब्सन नगर अध्यक्ष चन्द्रबहादुर क्षेत्रीले र सञ्चालन शिक्षक प्रकाश थापाले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung