४ श्रावण २०८३, सोमबार

 

महिला समूहको तीजको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

बागलुङ । बागलुङ समाज कल्याण केन्द्र काठमाडौं महिला समूहको तीजको उपलक्ष्यमा दरखाने कार्यक्रम र शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

आइतबार काठमाडौंको प्याराडाइज पार्टी प्यालेसमा शुभकामना कार्यक्रम सम्पन्न भएको बागलुङ समाज कल्याण केन्द्र काठमाडौं महिला समूहकी अध्यक्ष सोनी श्रेष्ठले बताइन् ।

कार्यक्रमलाई बागलुङ समाज कल्याण केन्द्र काठमाडौंकी अध्यक्ष रसुमिला श्रेष्ठले मन्तव्य व्यक्त गरेकी थिइन ।

महिला समूहले श्रीकृष्ण जन्माष्टमी अवसरमा कृष्ण झुला कार्यक्रम पनि आयोजना गरेको थियो ।

सो कार्यक्रमको व्यवस्था महिला समूहकी कोषाध्यक्ष शैव्या प्रधानले गरेकी थिइन ।

कार्यक्रममा कलाकारहरु जिद्धि राज श्रेष्ठ, मधुसुधन श्रेष्ठ, महेश चन्द्र प्रधान र सहनशिला शाक्यले भजन प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रम बागलुङ समाज कल्याण केन्द्र काठमाडौं महिला समूहकी अध्यक्ष सोनी श्रेष्ठको अध्यक्षता र सचिव मन्जु राजभण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो ।

बागलुङ समाज कल्याण केन्द्र काठमाडौं महिला समूहले महिलाको सशक्तिकरण र नेतृत्व विकासका साथै शैक्षिक, सामाजिक, धार्मिक र जनस्वास्थ्यको क्षेत्रमा सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung