४ श्रावण २०८३, सोमबार

 

इनर हुइल क्लब अफ बालाजुकी उपाध्यक्ष मन्दिरा श्रेष्ठद्वारा जन्म दिनको खर्च आश्रमलाई

बागलुङ । इनर हुइल क्लब अफ बालाजुकी उपाध्यक्ष तथा बागलुङ समाज कल्याण केन्द्र काठमाडौं महिला समूहकी उपाध्यक्ष मन्दिरा श्रेष्ठले आफनो जन्म दिनको खर्च मानव सेवा आश्रमलाई दिएकी छिन् ।

बुधबार श्रेष्ठले काठमाडौं महानगरपालिका-२६ सामाखुशीस्थित आश्रमका बालबालिकाहरुको शिक्षाको लागि पचास हजार रुपैयाँ सहयोग गर्नु भएको हो ।

मानव सेवा आश्रमले सडक आश्रित नागरिक र बालकालिकाहरुलाई उद्धार गरी आश्रमले जिम्मेवारी लिएर पालन पोषण गरिरहेको छ, यस्तो पवित्र ठाउँमा आएर जन्म दिन मनाउन पाउदा आफूलाई ज्यादै खुशी लागेको उपाध्यक्ष श्रेष्ठले बताइन् ।

कार्यक्रममा इनर हुइल क्लब अफ बालाजुकी संस्थापक अध्यक्ष कुमुदिनी शाक्य बज्राचार्यले मानवताको रक्षा र उनीहरुको हितको लागि मानव सेवा आश्रमको योगदान अतुलनिय रहेको बताइन् ।

कार्यक्रममा इनर हुइल क्लब अफ बालाजुले आश्रमलाई खाद्यान्न र सरसफाइको सामान उपलब्ध गराएको थियो ।

कार्यक्रममा बागलुङ समाज कल्याण केन्द्र काठमाडौं महिला समूहकी अध्यक्ष सोनी श्रेष्ठको पनि उपस्थिति रहेको थियो । आश्रमलाई श्रेष्ठ परिवारले नियमित सहयोग गर्दै आएको छ।

कार्यक्रम इनर हुइल क्लब अफ बालाजुकी अध्यक्ष अर्चना कर्णको अध्यक्षता र सचिव स्वच्छा श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung