१४ कार्तिक २०८३, शुक्रबार

 

निजी क्षेत्र र लायन्स आर्थिक विकासमा सँगसँगै : अध्यक्ष ढकाल

बागलुङ । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय अध्यक्ष चन्द्र प्रसाद ढकालले आर्थिक विकासमा निजी क्षेत्र र लायन्स सँगसँगै हिड्ने बताउनुभएको छ ।

शनिबार बागलुङमा आयोजित लायन्स डिस्ट्रिक ३२५ जे नेपालको दोश्रो क्याबिनेट बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले परोपकारमा लायन्स अघि रहेको बताउनुभयो ।

उहाँले आगलागी, भुकम्प, बाढी पहिरो जस्ता विपदमा लायन्सको परोपकार प्रशंसायोग्य रहेको बताउनुभयो ।

लायन्सका सदस्यलाई उत्पादनसँग जोड्ने र निजी क्षेत्रका उद्योगी व्यवसायीलाई लायन्ससँग जोड्दै परोपरकारी बनाउन आवश्यक रहेको ढकालको भनाई छ ।

“लायन्सले भुकम्प र बाढी पहिरोमा राहत दिएको छ यस्तै दीर्घ रोगीलाई सहयोग गरेको पाउछु, परोपरकार क्षेत्रमा लायन्सको बढी भूमिका उदाहरणीय छ, देशको आर्थिक अवस्था उकास्न लायन्ससँग सहकार्य गर्न नीजि क्षेत्र तयार छ”अध्यक्ष ढकालले भन्नुभयो “लायन्सका सदस्यहरु उद्यमममा लाग्ने र उद्यममा लागेका साथीहरु परोपकारमा लाग्न आवश्यक छ ।”

व्यवसायलाई एकिकृत गर्न सकेमा ठूलो उपलव्धी हासिल हुँने भन्दै पछिल्लो समयमा नीजि क्षेत्रका व्यवसायहरु एकिकृत ढंगले सञ्चालनमा आउन थालेको ढकालले बताउनुभयो । जिल्ला जिल्लामा गरिने क्याबिनेट बैठकले पर्यटनको विकाससँगै आर्थिक गतिविधि चलायमान बनाउन सहयोग पुगेको उहाँको भनाई छ ।

दोश्रो क्याबिनेट बैठकमा देशभरका एक हजार सदस्यहरुको उपस्थिति रहेको डिस्ट्रिक मिलन थापाले जानकारी दिनुभयो । क्याबिनेट बैठक शुक्रबार र शनिबार चलेको थियो ।

बैठकले बागलुङको पर्यटकीय विकास, धार्मिक तथा सांस्कृतिक क्षेत्रको चिनारी गर्न बैठक उपयोगी भएको प्रचारप्रसार संयोजक गणेशराज लम्सालले जानकारी दिनुभयो ।

बैठकले बागलुङ घुम्ने सन्देश दिने, जिल्लाका १० वटै पालिकाका धार्मिक, प्राकृतिक, सांस्कृतिक र पर्यटकीय सम्पदाको प्रचार प्रसार गरेको छ ।

बैठक सम्पन्न गर्नका लागि २० सदस्यीय मुल समिति र १२ वटा विभिन्न उपसमिति गठन समेत गरिएको थियो । बैठक सम्पन्न गर्नका लागि १९ लाख ७० हजार आम्दानी र १५ लाख ४३ हजार ५०० खर्च भएको छ ।

एरीया मेन्टर नरेश कँडेलले कला संस्कृतिको जगेर्ना गर्नका लागि झाँकी पनि प्रदर्शन समेत गरेको जानकारी दिनुभयो ।

डिष्ट्रीक गर्भनर मिलन थापाले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि विभिन्न स्थानमा बैठक आयोजना गरिदै आएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung