१५ बैशाख २०८२, सोमबार

 

गलकोटको मल्ममा मनाइयो नारी दिवस

गलकोट । गलकोट नगरपालिका वडा नम्वर ७ मल्ममा ११५ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाइएको छ ।

कार्यक्रममा गलकोट नगरपालिका वडा नम्वर ७ का वडा अध्यक्ष राज बहादुर थापा, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका पार्टी अध्यक्ष ज्ञान बहादुर थापा, पूर्व जनप्रतिनिधि मिना दर्जी, मुलपानी आमा समुहका अध्यक्ष थुमकली थापाले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रमको अवसरमा भित्रका ४ जना विपन्न तथा श्रमिक महिला सरस्वती गुरुङ, गौमाया सुनार, काली सुनार र मनकुमारी थापालाई खाद्यान्न एवं सरसफाईका सामाग्री प्रदान गरिएको थियो । त्यस्तै नृत्य प्रस्तुत गर्ने विद्यार्थीहरुलाई समेत स्टेशनरी सामाग्री प्रदान गरिएको जनाईएको छ ।

कार्यक्रम महिला जागरण केन्द्र गलकोट नगरपालिका वडा नम्वर ७ का अध्यक्ष ललिता थापाको अध्यक्षता, ज्येष्ठ महिला सदस्य छुमकली खत्रीको प्रमुख आतिथ्यता, वडा सदस्य यशुदा थापाको स्वागत र महिला जागरण केन्द्रका सचिव सरस्वती थापा केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung