३ श्रावण २०८३, आईतवार

 

कालिका मन्दिरमा ‘गन्तव्य बागलुङ’ मिडिया कार्यशाला सम्पन्न

बागलुङ । नेपाल प्रेस युनिय बगालुङले कालिका मन्दिरमा ‘गन्तव्य बागलुङ’ मिडिया कार्यशाला सम्पन्न गरेको छ । बागलुङका पर्यटकीय गन्तव्यको प्रचारप्रसारका लागि लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिटिमा आएका पत्रकार, स्थानीय जनप्रतिनिधि र सरोकारवालाबीच बागलुङको पर्यटनको विषयमा कार्यशाला सम्पन्न गरिएको हो ।

नेपाल प्रेस युनियनको लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिटमा सहभागी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पत्रकार, बागलुङका जनप्रतिनिधि, पर्यटन व्यवसायीबीच बुधबार कालिका मन्दिरमा ‘गन्तव्य–बागलुङ’ विषयमा मिडियासंग कार्यशाला आयोजना गरिएको थियो ।

कार्यक्रममा बागलुङको पर्यटनको संभावना र चुनौती विषयक कार्यपत्र पत्रकार नरेश कँडेलले प्रस्तुत गर्नुभएको थियो ।

‘गन्तव्य बागलुङ’ मिडिया कार्यशालामा बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्तकुमार श्रेष्ठले कालिका मन्दिर सहित धार्मिक महत्वका क्षेत्रलाई पर्यटक संग जोड्ने, पर्यटकीय पूर्वाधार बनाउने, प्रचार प्रसारमा जोड दिने लगायतका काम गर्न अग्रसरता दिनुपर्ने बताउनुभयो ।

लोमान्थाङमा युनियनले २० बुँदे घोषणापत्र जारी गरेपछि बागलुङमा ‘गन्तव्य बागलुङ’ विषयमा मिडिया कार्यशाला आयोजना गरेको थियो।

मिडिया कार्यशालामा बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीले आफ्नो पालिकामा भएको पर्यटकीय गन्तव्यको विषयमा चर्चा परिचर्चा गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल प्रेस युनियनका उपाध्यक्ष जीवन भण्डारी, बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजनकुमार शाक्य, कालीका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्का लगायतले मन्तव्य राखेका थिए ।

कार्यशालामा कालिका मन्दिर, पञ्चकोट, ढोरपाटन, शालग्राम संग्रहालय, गाजा दह, गाइघाट झरना, गलकोट दरबार लगायतको विषयमा जानकारी गराइएको थियो ।

नेपाल प्रेस युनियन बागलुङका अध्यक्ष संगम घर्ती मगरको अध्यक्षता, सचिव डम्मर बुढाको संचालन र उपाध्यक्ष सुवास आचार्यको स्वागतमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung