बागलुङ । नेपाल उद्योग व्यापार महासंघका अध्यक्ष खिमलाल भण्डारी र सल्लाहकार पदम भण्डारीका आमा नन्द कुमारी भण्डारीको ९२ वर्षको उमेरमा बिहीबार निधन भएको छ ।
भण्डारीलाई श्रद्धाञ्जली दिन राजनीतिक दलका नेता, कार्यकर्ता, उद्योगी, व्यवसायी, जनप्रतिनिधि तथा आफन्त इष्टमित्रको उपस्थिती रहेको थियो ।भण्डारी प्रति नेपाल उद्योग व्यापार महासंघका वरिष्ठ उपाध्यक्ष श्याम प्रसाद श्रेष्ठ लगाएत पदाधिकारी र सदस्यले महासंघको तर्फबाट श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
भण्डारीका चार छोरा र एक छोरी हुनुहुन्छ । उहाँको बिहीबार नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।



















































































































































































































