२१ जेष्ठ २०८३, बिहीबार

 

उद्योग व्यापार महासंघको स्थापना दिवसमा ५७ पिन्ट रगत संकलन

काठमाडौं । नेपाल उद्योग व्यापार महासंघले आफ्नो चौथो स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । ‘रक्तदान जीवन दान’ भन्ने मूल नारासहित काठमाण्डौ, चाहविल चोकको एसि कप्लेक्समा विशेष बृहत् रक्तदान कार्यक्रममा १५० जना भन्दा बढी उद्योगी व्यवसायीले रक्तदान गरेका थिए । रक्तदान कार्यक्रममा ५७ पिन्ट रगत संकलन भएको थियो ।

महासंघले सामाजिक उत्तरदायित्व अन्तर्गत मानवीय सेवामा समर्पित हुने उदेश्यले आगामी दिनहरूमा अझ व्यापक सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

कार्यक्रमको संयोजन नेपाल उद्योग व्यापार महासंघका कोषाध्यक्ष शंकर भण्डारीले गरेका थिए भने प्रमुख अतिथि पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्त रहनुभएको थियो । प्रमुख अतिथि पुनले रक्तदानले कसैको जीवन रक्षा गर्ने बताउनुभएको थियो । उहाँले नागरिकको जीवनसँग जोडिएको रक्तदान कार्यक्रमले नागरिकको जीवन रक्षाका लागि सहयोग पुग्ने बताउनुभयो ।

कार्यक्रम नेपाल उद्योग व्यापार महासंघका अध्यक्ष खिमलाल भण्डारीको अध्यक्षता तथा महासचिव खिम नारायण पराजुलीको सञ्चालनमा सम्पन्न कार्यक्रममा उद्योगी, व्यापारी, विद्यार्थी लगायतको उत्साहजनक सहभागिता रहेको नेपाल उद्योग व्यापार महासंघका वरिष्ठ उपाध्यक्ष श्यामप्रसाद श्रेष्ठले नयाँ विश्वलाई जानकारी दिनुभयो ।

नेपाल उद्योग व्यापार महासंघले मानविय, जनस्वास्थ्ष्य, शैक्षिक र सामाजिक क्षेत्रमा विभिन्न रचनात्मक कार्यहरु गर्दै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung