बागलुङ । अन्तर्राष्ट्रिय बागलुङ समाज कप’ पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि गलकोट नगरपालिकाले हासिल गरेको छ । उपाधि चुमेको गलकोटले नगद दुईलाख रुपैयाँ सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।
दोस्रोमा चित्त बुझाएको निसीखोलाले एक लाख प्राप्त गरेको थियो । फाईनल खेलमा निसीखोल गाउँपालिका र गलकोट नगरपालिका बीच प्रतिस्पर्धा भएको थियो । गलकोटले तीन सेट जित्दा निसीले दुई सेट जितेको थियो ।
यस्तै काठेखोलाले तेस्रो स्थान प्राप्त गरेको छ । काठेखोला गाउँपालिकाले ढोरपाटन नगरपालिकालाई हराउदै तेस्रो स्थानमा पुगेको हो । तेस्रो भएको काठेखोलाले रू ५० हजार रुपैयाँ जितेको छ । त्यस्तै सान्त्वना हुने टिमले रु २५ हजार पुरस्कार पाएका छन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई रु दस हजार, उत्कृष्ट टिम प्रशिक्षकलाई रु पाँच हजार र अन्य विधागत रुपमा उत्कृष्ट हुने खेलाडीलाई रु पाँच हजार प्रदान गरिएको समाजका सचिव एवं प्रतियोगिताका संयोजक राजु थापाले बताउनुभयो ।













































































































































































































