बागलुङ । मानवसेवा आश्रम बागलुङको भवनमा एक कोठा निर्माण गर्न श्रेष्ठ परिवारले ५ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रदान गर्नुभएको छ ।
गोपालप्रसाद श्रेष्ठको स्मृतिमा श्रीमती गोमा कुमारी श्रेष्ठ, छोराबुहारीहरु कृष्णप्रसाद श्रेष्ठ श्रीमती सूर्यदेवी श्रेष्ठ, दुर्गा श्रेष्ठ श्रीमती बबिता श्रेष्ठ, सुन्दर श्रेष्ठ, श्रीमती निरु जोशी श्रेष्ठ, अजित श्रेष्ठ, श्रीमती चाँदनी श्रेष्ठ, छोरी विन्दु श्रेष्ठ प्रधान, ज्वाई सुवर्ण प्रधान, नाती नातिनीहरु कुशल श्रेष्ठ, सन्दिप श्रेष्ठ, अभिषेक श्रेष्ठ,स्नेहा श्रेष्ठ, अनुज श्रेष्ठ, सृजन श्रेष्ठ, अमित श्रेष्ठ, आर्यन श्रेष्ठ, सिल्भिया श्रेष्ठ, सृष्टिना श्रेष्ठ, सुलभ श्रेष्ठ, नातिनी बुहारीहरु अनिषा श्रेष्ठ विनिका श्रेष्ठ साथै रामबहादुर श्रेष्ठको स्मृतिमा दिदी ओमकुमारी श्रेष्ठ, छोराबुहारीहरु आलोक श्रेष्ठ, श्रीमती लक्ष्मी प्रधान श्रेष्ठ, अनुप श्रेष्ठ श्रीमती वन्दना श्रेष्ठ, नाती नातिनीहरु अनामिका श्रेष्ठ, अनिमेष श्रेष्ठ, अभिनव श्रेष्ठ र आर्या श्रेष्ठले शुक्रबार उक्त रकम प्रदान गरेका हुन् ।
आश्रमको भवन निर्माण गर्न र कोष निर्माण गर्ने पवित्र उद्देश्यका सञ्चालन भएको महायज्ञलाई सफल बनाउन आर्थिक सहयोग हस्तान्तरण गरेको श्रेष्ठ हार्डवेयरका सञ्चालक सुन्दर श्रेष्ठले नयाँ विश्वलाई बताउनुभयो ।
बागलुङ नगरपालिका–४ निरयघाटमा आश्रमको निर्माणाधीन भवन चैत्र मसान्तभित्र सम्पन्न गर्ने लक्ष्यसहित कात्तिक २१ गतेदेखि सुरु भएको महायज्ञ कार्तिक २८ गतेसम्म सञ्चालन हुने श्रीमद् भागवत् सप्ताह ज्ञानविज्ञान महायज्ञ आयोजक समितिका अध्यक्ष सहदेव राजभण्डारीले जानकारी दिनुभयो ।
महायज्ञबाट संकलित रकम भवन निर्माण र अक्षयकोष श्रीवृद्धिमा लगानी गरिने आश्रमका अभिभावक निर्मलबहादुर श्रेष्ठले बताउनुभयो । महायज्ञको कथा वाचन भागवत् भास्कर कमलनयन गौतमले गर्नु भएको छ ।

















































































































































































