२० भाद्र २०८३, शनिबार

 

स्वास्थ्यकर्मी रामप्रसाद खनालद्वारा मानवसेवा आश्रमलाई २१ हजार सहयोग

बागलुङ । मानवसेवा आश्रम बागलुङको भवन निर्माण र कोष स्थापनाको लागि बागलुङ नगरपालिका-२ गोल्डेन गेट निवासी बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले रु २१ हजार २ सय १७ सहयोग प्रदान गर्नु भएको छ ।

आश्रमको भवन बनाउने र कोष निर्माण गर्ने पवित्र उद्देश्यका साथ सुरु भएको महायज्ञलाई सफल बनाउन उक्त हस्तान्तरण गरेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख खनालले नयाँविश्वलाई बताउनुभयो ।

खनाल परिवारले सामाजिक, शैक्षिक, मानविय, स्वास्थ्य, धार्मिकलगाएतको क्षेत्रमा नियमित रुपमा सहयोग गर्दै आएका छन् ।

बागलुङ नगरपालिका–४ निरयघाटमा आश्रमको निर्माणाधीन भवन चैत्र मसान्तभित्र सम्पन्न गर्ने लक्ष्यसहित कार्तिक २९ गते समापन भएको श्रीमद् भागवत् सप्ताह ज्ञानविज्ञान महायज्ञबाट रु ९ करोड ६९ लाख संकलन भएको आयोजक समितिका अध्यक्ष सहदेव राजभण्डारीले जानकारी दिनुभयो ।

भवन निर्माणका लागि हालसम्म ५ करोड रकम खर्च भइसकेको र निर्माण पूर्ण रूपमा सम्पन्न गर्नका लागि अझै रु ४ करोड आवश्यक रहेको आश्रमले जनाएको छ ।

महायज्ञबाट संकलित रकम भवन निर्माण र अक्षयकोष श्रीवृद्धिमा लगानी गरिने आश्रमका अभिभावक निर्मलबहादुर श्रेष्ठले बताउनुभयो । महायज्ञको कथा वाचन भागवत् भास्कर कमलनयन गौतमले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung