बागलुङ । श्री रंङ्गवैकटेश मुक्तिनारायण मन्दिर तथा शालग्राम संग्राहालय व्यवस्थापन समितिको अध्यक्षमा स्वामी ऋषि प्रपन्नाचार्य सर्वसम्मतरुमा चयन हुनुभएको छ । बागलुङ नगरपालिका ४ कुँडुले फेदी स्थित मन्दिर व्यवस्थापन समितिको २०औँ साधारणसभा तथा १०औँ अधिवेशनले स्वामी ऋषि प्रपन्नाचार्यको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा हरि प्रसाद उपाध्याय, सचिवमा रामकृष्ण सापकोटा र कोषाध्यक्षमा विदुर प्रसाद शर्मा पौडेल रहेका छन् । साथै समितिका सदस्यहरुमा राम प्रसाद शर्मा, ओमनाथ सापकोटा, ईन्द्र श्रेष्ठ, हिमलाल आचार्य, धरणिधर सापकोटा, टिकाराम सापकोटा र गोविन्द प्रसाद पौडेल रहनुभएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै मन्दिरका सहयोगदाता तथा समाजसेवी सहदेव राजभण्डारीले धार्मिक तथा पर्यटकिय क्षेत्रको विकासका लागि यस मन्दिरले महत्वपुर्ण योगदान पुर्याएको बताउनुभयो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासघंका केन्द्रीय सदस्य युवराज राजभण्डारी, पञ्चकोट विकास परिषदका सचिव नारायण प्रसाद आचार्य, बानपा ४ का वडा सदस्य अर्जुन सापकोटा, कुँडुले मावि व्यवस्थापन समितिकाका अध्यक्ष कृष्णप्रसाद आचार्य र पत्रकार कोपिला कँडेलले मन्तव्य व्यक्त गरेका थिए ।
सभामा मन्दिर व्यवस्थापन समितिका सचिव रामकृष्ण सापकोटाले प्रगति प्रतिवेदन र कोषाध्यक्ष विदुर प्रसाद शर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । यस वर्षको आम्दानी १ करोड २२ लाख र खर्च तर्फ ७१ लाख ९९ सय हजार रहेको र वचत २ करोड ७ लाख ४३ हजार रहेको छ ।
कार्यक्रम श्री रंङ्गवैकटेश मुक्तिनारायण मन्दिर तथा शालग्राम संग्राहालयका अध्यक्ष स्वामी ऋषि प्रपन्नाचार्यको अध्यक्षता, संस्कृत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम प्रसाद शर्माको स्वागत र उपाध्यक्ष हरिप्रसाद उपाध्यायको संचालनमा सम्पन्न भएको थियो ।














































































































































































































