३ श्रावण २०८३, आईतवार

 

एन प्याव्सन बागलुङ नगरले माघ ६ गतेदेखि बृहत खेलकुद महोत्सव गर्दै

बागलुङ ।एन प्याब्सन बागलुङ नगर कार्यसमिति बागलुङले दोस्रो संस्करणको वृहत खेलकुद महोत्सव गर्ने भएको छ । एनप्याब्सनले माघ ६ गतेदेखि माघ ८ गतेसम्म बाङ्गेचौर खेलमैदानमा खेलकुद महोत्सव गर्ने भएको हो ।

सोमवार पत्रकार सम्मेलन तथा शिल्ड र ट्रफि अनवारण कार्यक्रम आयोजना गरि कार्यक्रमका बारेमा जानकारी गराएको हो । समितिले विभिन्न १२ वटा खेल सहित एनप्याव्सनका सदस्य विद्यालयकाबिचमा प्रतिस्पर्धा गराउन लागेको हो।

कार्यक्रमका बारेमा जानकारी दिदै एनप्याव्सनका नगर अध्यक्ष चन्द्रबहादुर क्षेत्रीले कक्षा १० सम्म अध्ययनरत विद्यार्थीलाई समावेश गर्ने गरि कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुभयो ।

नगर क्षेत्रमा ८ सदस्य विद्यालय रहेको र हरेक विद्यालयबाट ४५ जनाका दरले ३ सय ६० जना विद्यार्थी सहभागी हुने छन् ।

विद्यागत तर्फ विजेता बन्ने विद्यालयलाई ट्रफि, मेडल र प्रमाण पत्र तथा समग्र प्रतियोगितामा विजेता बन्ने बिद्यालयलाई रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् ।

प्रतियोगिता अन्तर्गत छात्रछात्र १ मिटर, २ सय मिटर एकसय इन्टु ४ रिलेदौड, लङजम्प, हाइजम्प, त्रिपलजम्प, सटफुट र ज्याव्लिङ थ्रो राखिएको छ । यसैगरि छात्रा कबड्डी, छात्र फुटवल, महिला शिक्षकका बिचमा रस्साकस्सी र पुरुष शिक्षकका बिचमा फुटसल प्रतियोगिता राखिएको उनले बताए ।

प्रतियोगिता सम्पन्न गर्न २ लाख रुपैया खर्च लाग्ने अनुमान गरिएको छ। कार्यक्रममा एन प्याव्सनका केन्द्रिय सचिव बालकृष्ण शर्मा, जिल्ला फुटवल संघका अध्यक्ष जय राजभण्डारी र नेपाल पत्रकार महासघ बागलुङका सहसचिव डम्वर बुढाले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम एनप्याव्सनका नगर अध्यक्ष चन्द्रबहादुर क्षेत्रीको अध्यक्षता र सचिव निशान खड्काको संचालनमा सम्पन्न भएको थियो ।

इपरिन्युजबाट

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung