३ श्रावण २०८३, आईतवार

 

ज्ञानोदय बुद्ध विहारमा माघ २६ गते महापरित्राण पाठ सञ्चालन हुँदै

बागलुङ । ज्ञानोदय बुद्ध बिहार, बागलुङको आयोजनामा बागलुङ बजारमा माघ २६ गते महापरित्राण पाठ हुने भएको छ। मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत महापरित्राण पाठअन्तर्गत २९ वटा सूत्रपाठ हुन लागेको जानकारी गराइएको हो।

यस अवसरमा भिक्षु महेन्द्रले महापरित्राण पाठको ऐतिहासिक महत्व, बुद्ध दर्शनको इतिहास र दक्षिण एशिया बुद्ध धर्म विस्तारको बारेमा बताउनुभयो ।

पालि भाषामा भएको बुद्धको महापरित्राण भएको सन्देशलाई सर्वसाधारण नागरिकहरुमा पु¥याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको ज्ञानोदय बुद्ध विहारका अध्यक्ष लिलाम्बर बज्राचार्यले बताउनुभयो।

उहाँले प्राचीन धर्म,संस्कृतिमाथि दिनप्रतिदिन पश्चिमेली संस्कृतिको हस्तक्षेप बढेको बेला यो कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

कार्यक्रममा भिक्षु महासंघबाट ४० देखि ५० जना भिक्षुहरूको सहभागिता रहनेछ भने करिब ५०० जनाभन्दा बढि बौद्ध धर्मावलम्बीका उपासक उपासिकाहरु उपस्थिति हुने आयोजकले जनाएको छ ।

कार्यक्रमका लागि करिब १० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ। खर्च व्यवस्थापनका लागि मुख्य दाता सुर्जबहादुर थापा र सुकमाया थापाबाट ५ लाख रुपैयाँ सहयोग प्राप्त भएको तथा अन्य १३ जना सह–दाताबाट रहेका छन् ।

कार्यक्रममा काठमाडौं, बुटवल, पोखरा, म्याग्दी, पर्वतमा बौद्ध धर्मावलम्बीका उपासक उपासिकाहरुको उपस्थिति हुने आयोजकले जनाएको छ ।

पत्रकार सम्मेलन ज्ञानोदय बुद्ध विहारका अध्यक्ष लिलाम्बर बज्राचार्यको अध्यक्षता र समितिका सचिव रम्बादेबि शाक्यको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung