बागलुङ । अष्टमीको अवसरमा बागलुङ नगरपालिका ३ राधाकृष्ण टोलस्थित राधाकृष्ण मन्दिरमा भगवान सिद्धि गणेशको मूर्ति प्राण प्रतिष्ठा गरिएको छ ।
मन्दिरमा मंगलबार दिउँसो १ बजेको शुभ मुर्हतमा पंडित हंस चैतन्यले भगवानको मूर्ति प्राण प्रतिष्ठा गराएका छन् । आमा दुर्गालक्ष्मी श्रेष्ठको स्मृतिमा सिद्धि गणेशको मूर्ति प्राण प्रतिष्ठा गरिएको श्रीजय श्रेष्ठले बताउनुभयो ।
प्राण प्रतिष्ठाको कार्यक्रममा भक्तजन, समाजसेवी र स्थानीय वासिन्दाको उपस्थिति रहेको थियो । प्राण प्रतिष्ठासँगै मन्दिरमा पूजा सत्संघ भजन कीर्तन पनि गरिएको छ ।

















































































































































































































