३ श्रावण २०८३, आईतवार

 

इनिषा विक हत्याका दोषीलाई कारबाहीको माग गर्दै बागलुङका सिडिओलाई ज्ञापन पत्र

बागलुङ । गत शनिबार सुर्खेटको वीरेन्द्रनगर–४ सहिदपार्क नजिकैको जनजागरण सामुदायिक वनमा १६ वर्षीया बालिका इनिषा विकको बलात्कारपछि हत्या घटनाका दोषीलाई कारबाहीको माग अन्तरपार्टी महिला सञ्जाल बागलुङले ज्ञापनपत्र बुझाएको छ ।

अन्तरपार्टी महिला सञ्जालले विकमाथि भएको जघन्य अपराधको विरोधमा र दोषीलाई कडा भन्दा कडा कारवाहीको माग गर्दै बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्यलाई अन्तरपाटी महिला सञ्जाल बागलुङका अध्यक्ष सीता सापकोटाले गम्भीर ध्यानाकर्षण गराएकी हुन् ।

महिला अधिकार, मानव अधिकार र कानुनी शासनको दुरुपयोग हुन नदिन र अपराधिलाई कडा कारवाही गर्न महिला सञ्जालले खबरदारी गरेको छ ।

ध्यानाकर्षण पत्रमा पीडित परिवारलाई उचित राहत, क्षतिपुर्ति तथा आवश्यक सुरक्षा उपलब्ध गराउन माग गरिएको छ ।

सञ्जालकी अध्यक्ष सापकोटा र सचिव हुमा खड्काले हस्ताक्षर गरेको ध्यानाकर्षण पत्रमा यस्ता जघन्य अपराधहरु दोहोदिन नदिन राज्यका सम्बन्धित निकायहरुले महिला तथा बालिकाको सुरक्षाका लागि प्रभावकारी नीति निर्माण गर्न, कडा कानुनी व्यवस्था गर्न र महिला अधिकारलाई कडा पूर्वक लागु गर्न माग गरेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung