बागलुङ । ज्येष्ठ नागरिक दिवासेवा र असक्त असहाय बालबालिकाहरुको लागि दिवा सेवा कार्यक्रम सञ्चालन गर्न सामुदायिक सेवा केन्द्र बागलुङ नगरपालिका वडा ३ गुठीले श्रीमद भागवत महापुराण एवंम पितृ सप्ताह आयोजना गर्ने भएको छ ।
सामुदायिक सेवा केन्द्र बागलुङ नगरपालिका वडा ३ गुठीकी अध्यक्ष लिला देवी खड्काले मंगलबार पत्रकार सम्मेलन गरेर उक्त जानकारी दिएको हो ।
गुठीस्थित चिप्लेटी बसपार्कमा चैत २१ गतेदेखि २७ गतेसम्म श्रीमद् भागवत महापुराण पितृ सप्ताह हुने भएको छ ।
ज्येष्ठ दिवा सेवा संचालन, पितृ उद्धार, असहाय, बालवालिका, अपाङ्गता र अशक्तहरुको कल्याण गर्ने उद्देश्यले सामुदायीक सेवा केन्द्र एवँ सामुदायिक प्रहरी संवा केन्द्रको आयोजनामा बागलुङ नगरपालिका ३ स्थित चिप्लेटी बसपार्कमा श्रीमद भागवत महापुराण पितृ सप्ताह गरिने भएको हो ।
प्रमुख बाचकको रुपमा पण्डित तिर्थराज उपाध्याय कृष्ण रहनु हुने उक्त श्रीमद् भागवत महापुराण पितृ सप्ताहमा साताभर विभिन्न कार्यक्रम हुने भएकाले सहभागी भै पुण्यलाभ लिन सामुदायिक सेवा केन्द्रका अध्यक्ष लिला देवी केसी खड्काले पत्रकार सम्मेलन मार्फत सबैलाई अनुरोध गर्नुभयो ।
चैत २० गते पुर्वाङ्ग, २१ गते ११ बजे भजनकृतनका साथ शोभायात्रा, उद्घाटन, पाठ परायण, तथा कथा प्रवचन, २२ र २३ गते नियमित पुजापाठ, कथा प्रवचन, भजनकृर्तन, धुपबत्ती संकलन, २४ गते कालीगण्डकीको किनारमा दिनको २ बजे पितृ उद्धारका लागि दीप प्रज्वलन, २५ र २६ गते नियमित पुजापाठ, कथा प्रवचन, भजनकृतन हुने उहाँले बताउनुभयो ।
यसैगरि २७ गते दीप प्रज्वलन सहित भजन कृर्तन, दाता सम्मान एवँ समापन गरिने खड्काले जानकारी दिनुभयो ।
प्रारम्भदेखी अन्त्यसम्मका सवै दिनमा दाताहरु सम्मान, प्रत्यक दिन मध्यान्हमा आगन्तुक भक्त सहित दिव्य आरती, बिज्ञहरुद्धारा दैनिक मनोपरामर्स कक्षा, दैनिक स्वास्थ्य परिक्षण र ओशो अमृतम ध्यान केन्द्रद्धारा खुसीको जीवन कार्यक्रम पनि हुने उहाँले बताउनुभयो ।
केन्द्रका संस्थापक अध्यक्ष सहदेव राजभण्डारीले श्रीमद् भागवत महापुराण पितृ सप्ताह मार्फत १ करोड संकलन गर्ने लक्ष्य लिएको र १२ लाख खर्च हुने अनुमान गरिएको बताउनुभयो ।
कार्यक्रममा उपाध्यक्ष सुमन बाँस्कोटाले स्वागत र महासचिव सावित्री केसीले संचालन गर्नु भएको थियो ।














































































































































































































