३ श्रावण २०८३, आईतवार

 

कालिका भगवतीका दर्शनार्थीलाई निःशुल्क खानेपानी वितरण

बागलुङ । लायन्स क्लब अफ धौलागिरि बागलुङले ऐतिहासिक चैत्र दशैंको अवसरमा कालिका भगवती मन्दिरको दर्शन गर्न आएका दर्शनार्थीहरुलाई निःशुल्क खानेपानी वितरण गरिएको छ ।

मन्दिरको दर्शन गर्न आएका दर्शनार्थी र ऐतिहासिक चैत्राष्टमी मेला हेर्न आएका दर्शकलाई खानेपानी वितरण गरिएको लायन्स क्लब अफ धौलागिरि बागलुङका अध्यक्ष राजेश भारीले नयाँ विश्वलाई बताउनुभयो ।

गर्मीको बेला, शुद्ध खानेपानीको अभाव हुँदा विभिन्न रोगको सङ्क्रमण हुने सक्ने भएकोले खानेपानी वितरण गरिएको क्लबले जनाएको छ ।

पानी भारी ग्लास हाउसले उपलब्ध गराएको हो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung