बागलुङ नगरपालिकाको-३ वडा कार्यालयले सामुदायिक सेवा केन्द्रको महापुराणलाई १ लाख २५ हजार सहयोग
बागलुङ । सामुदायिक सेवा केन्द्र बागलुङद्धारा जेष्ठ नागरिक दिवा सेवा, असहाय, विपन्न बालबालिका, अपाङ्ग र अशक्तहरुको उद्धार र सेवाको लागि बागलुङ नगरपालिकाको ३ नंम्बर वडाले रु १ लाख २५ हजार ५ सय ५५ सहयोग प्रदान गरेका छन् ।
सामुदायिक सेवा केन्द्रको दिवा सेवा संचालन र कोष निर्माण गर्ने पवित्र उद्देश्यका साथ सुरु भएको श्रीमद् भागवत महापुराण पितृ सप्ताहलाई सफल बनाउन आर्थिक सहयोग हस्तान्तरण गरिएको वडा अध्यक्ष सनी केसी लक्ष्मणले नयाँविश्वलाई जानकारी दिनु भयो ।
वडा कार्यालयले मानविय सामाजिक, शैक्षिक, मानविय, धार्मिकलगाएतको क्षेत्रमा नियमित रुपमा सहयोग गर्दै आएको वडा सदस्य धनमाया शर्माले बताउनुभयो । सामुदायिक सेवा केन्द्रका मानविय र सामाजिक कार्यलाई भविष्यमा पनि थप सहयोग गरिने वडा सदस्य नगेन्द्र केसीले बताउनुभयो ।
बागलुङ नगरपालिका–३ चिप्लेटी बसपार्कमा सेवा केन्द्रको आधुनिक भवन निर्माण गर्ने लक्ष्यसहित चैत्र २१ गतेदेखि सुरु भएको महापुराण चैत्र २७ गते समापन हुने श्रीमद् भागवत महापुराण पितृ सप्ताहका अध्यक्ष लिला देवी खड्काले जानकारी दिइन् ।
महापुराणबाट आजसम्म १० लाख संकलन भएको र संकलित रकम भवन निर्माणको लागि लाग्ने रकम बाहेक अरु रकम कोषको श्रीवृद्धिमा लगानी गरिने सचिव सुमन बाँस्कोटाले जनाइन्
यस महापुराणबाट प्राप्त रकमबाट लागुऔषध नियन्त्रण, साइबर अपराधको बारेमा सचेतना शिक्षा चलाउने, घरेलु हिंसा, महिला हिंसा, बालश्रम शोषणको बारेमा जनचेतना कार्यक्रम संचालन गर्ने, दैवी प्रकोप निको बारेमा जानकारीमुलक कार्यक्रम पनि संचालन गरिने महापुराणकी संयोजक खड्काले नयाँ विश्वलाई जानकारी दिइन् ।
महापुराणमा पण्डित तीर्थराज उपाध्यायको मुखारबिन्दबाट संगीतमय शैलीमा कथाप्रवचन भइ रहेको छ ।













































































































































































































