३ श्रावण २०८३, आईतवार

 

चौथो जेसीज कपको उपाधि गहते युवा क्लबलाई

बागलुङ । बागलुङ जेसीजद्वारा आयोजित चौथो संस्करणको जेसीज फुटलब प्रतियोगिताको उपाधि जोय स्टोर एक्स गहते युवा क्लबले जितेको छ । शनिबार बाङ्गेचौर खेल मैदानमा भएको फाइनल खेलमा बागलुङ सुधार केन्द्रलाई १–० गोलले पराजित गर्दै गहतेको उपाधि जितेको हो ।

गहतेका लागि खेलको ८२औँ मिनेटमा सारैभ छन्यालले निर्णायक गोल गरेका थिए । गहते प्रतियोगितामा सहभागी भएको पहिलोपल्टमै उपाधि हासिल गर्न सफल भएको हो ।

बागलुङ सुधार केन्द्रको यात्रा यसपटक पनि उपविजेतामै टुङ्गियो । तेस्रो संस्करणको जेसीज कपमा पनि सुधार केन्द्र गुठी युनाइटेड क्लबसँग फाइनलमा पराजित भएको थियो ।

विजेता बनेको गहतेले नगद २ लाख रुपियाँसहित ट्रफी प्राप्त गरेको छ भने उपविजेता बागलुङ सुधार केन्द्रले नगद १ लाखसहित ट्रफी प्राप्त गरेको छ ।

सेमिफाइनमा पुग्ने टोलीलाई पनि नगद १२-१२ हजार रुपियाँ प्रदान गरिएको छ ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीको पुरस्कार बागलुङ सुधार केन्द्रका मुकुन्द निउरेले प्राप्त गरेका छन् ।

जोय स्टोर एक्स गहते युवा क्लबका विविध थापा उत्कृष्ट डिफेन्डर, गहतेकै आकाश थापा उत्कृष्ट मिडफिल्डर, सन्तोष महत उत्कृष्ट गोलरक्षक घोषित भए ।

सर्वाधिक गोलकर्ताको पुरस्कार नेपाली सेनाको कालीजंग गण घोडाबाँधेका दिपेन दियालीले प्राप्त गर्दा आदर्श विद्यामन्दिर (एभिए) अनुशासित टिम घोषित भएको छ ।

सर्वोत्कृष्ट खेलाडि र अनुशासित टिमले १०र१० हजार रुपियाँ प्राप्त गर्दा अन्य उत्कृष्ट खेलाडिले नगद ५ र ५ हजार र ट्रफी प्राप्त गरेको छ ।

विजेता, उपविजेता टोलीका खेलाडीसहित विधागत रुपमा उत्कृट हुने खेलाडीलाई बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठ, बागलुङ जेसीजका अध्यक्ष अन्जिला श्रेष्ठलगायतले ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।

गण्डकी प्रदेशस्तरीय उक्त प्रतियोगितामा १४ टिमको सहभागिता रहेको थियो ।

खोजीनितीबाट

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung