पोखरा । सञ्चारिक समूह गण्डकीको अध्यक्षमा राधिका शर्मा कँडेल निर्वाचित भएकी छिन् ।
सोमबार पोखरामा सम्पन्न समूहको सातौं अधिवेशनले कँडेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्म चयत गरेको हो ।
समितिको उपाध्यक्षमा कञ्चन थापा कोइराला, महासचिवमा उमा आलेमगर, सचिवमा चन्द्रिका घिमिरे (अनिता) र कोषाध्यक्षमा बालकुमारी पौडेल (तारा) निर्वाचित भएकी छिन् ।
समितिको सदस्यहरुमा शोभा नेपाल, रिना थापा (तानी), कृष्ण श्रेष्ठ (रोजी), विनाकुमारी थापा, सपना अधिकारी र देविका तामाङ निर्वाचित भएका भएका छन्।
सोमबार भएको अधिवेशनको उद्घाटनपछि राष्ट्रिय सूचना आयोगकी सूचना आयुक्त दुर्गा भण्डारीले महिला अधिकार र समानताका सवालमा खुलेर आवाज उठाउनुपर्नेमा जोड दिइन् ।
महिलाहरुले अझै पनि समाजमा विभेद, हिंसा र अन्याय सहनुपरेको बताउँदै यसका विरुद्ध आवाज उठाउनुपर्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा गण्डकी प्रदेशकी प्रेस रजिष्ट्रार विमला भण्डारी, नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेल, सञ्चारिक समूहकी अध्यक्ष कमला पन्थी, उपाध्यक्ष वसन्ती बास्तोलाले मन्तव्य व्यक्त गरेका थिए ।














































































































































































































