३ श्रावण २०८३, आईतवार

 

गलकोट नगरपालिका-६ मा बालमैत्री वडा घोषणा दिवस तथा तेस्रो वार्षिकोत्सव सम्पन्न

गलकोट । गलकोट नगरपालिका वडा नम्वर ६ मा बालमैत्री शासनयुक्त वडा घोषणाको लागि तेस्रो वार्षिकोत्सव तथा घोषणा दिवस विविध कार्यक्रमका साथ सम्पन्न भएको छ ।

कार्यक्रममा गलकोट नगरपालिका-६ का वडा अध्यक्ष राम प्रसाद कँडेलले बालबालिकाको अधिकार संरक्षण, सहभागिता र समग्र विकासका लागि वडा कार्यालय निरन्तर प्रतिवद्ध रहेको बताउनुभयो ।

उहाँले बालमैत्री शासन केवल घोषणा गरेर मात्र पुरा नहुने बताउँदै यसलाई व्यवहारमा लागु गर्नु हामी सबैको साझा जिम्मेवारी भएको बताउनुभयो ।

कँडेलले वडा नम्वर ६ लाई अझ प्रभावकारी बालमैत्री बनाउन शिक्षा, स्वास्थ्य, सुरक्षा र बाल सहभागितालाई अझ प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा कार्यपालिका सदस्य भिम .बहादुर विक, नवदुर्गा आधारभुत विद्यालयका प्रधानाध्यापक निर्मा श्रीस, न्यु लाईफ बोर्डिङ स्कुलका शिक्षक सुदिप बास्तोला, ठुलाथर टोल विकास संस्थाका अध्यक्ष शेरबहादुर पुनले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

त्यस्तै कार्यक्रमको अवसरमा आयोजना गरिएको आधारभुत विद्यालय स्तरीय कक्षा ६ देखि ८ कक्षासम्मको वक्तृत्वकला प्रतियोगितामा नवदुर्गा आधारभूत विद्यालयका प्रतिक्षा विक प्रथम, पार्वती माध्यमिक विद्यालयका समीक्षा नेपाली द्धितिय र पार्वती माध्यमिक विद्यालयकै अन्जु खत्री तृतीय हुनुभएको थियो ।

त्यस्तै कक्षा ९ र १० को हाजिरीजवाफ प्रतियोगितामा न्यु लाईफ बोर्डिङ स्कुल प्रथम, सम्बुद्ध एजुकेसनल एकेडेमी द्धितिय र पार्वती माध्यमिक विद्यालय तृतीय भएका थिए । उक्त कार्यक्रमको अवसरमा प्रभातफेरी समेत गरिएको थियो ।

कार्यक्रम लालिगुँरास वडा बाल सञ्जालका प्रतिनिधि विद्यार्थी मानसी गैरेको अध्यक्षता, सदस्य विद्यार्थी सुदिक्षा खत्रीको स्वागत र वडा बालमैत्री सहजकर्ता तथा वडा नम्वर ६ का वडा सचिव कमल सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो ।

यसैबिच गलकोट नगरपालिक- ५ मा समेत बालमैत्री शासनयुक्त वडा घोषणाको लागि तेस्रो वार्षिकोत्सव तथा घोषणा दिवस विविध कार्यक्रमका साथ मनाईएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung