बागलुङ । प्रविण खड्का स्मृति सेवा कोषले पुरस्कार तथा सम्मान कार्यक्रम आयोजना गरेको छ ।
शुक्रबार धौलागिरि प्रादेशिक अस्पतालकी स्वास्थ्यकर्मी कविता शाक्यलाई १९औ पुरस्कार तथा सम्मान कार्यक्रममा सम्मानित गरिएको थियो ।
स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान दिएको भनि शाक्यलाई कार्यक्रमका प्रमुख अतिथि धवलागिरि बहुमुखी क्याम्पसका उप-प्राध्यापक आनन्द राज सिलवाल र प्रविण खड्का स्मृति सेवा कोषका अध्ंयक्ष युक्त जंग राजभण्डारीले नगद पाँच हजार, दोसल्ला र कदरपत्रले सम्मानित गर्नु भएको थियो ।

कार्यक्रममा धौलागिरि बहिरा माविका विद्यार्थी जेनिसा विक, बागलुङ बाल विशेष कक्षाका विद्यार्थी रमेश केसी, रामरेखा आधारभूत विद्यालयका विद्यार्थी विनोद परियार र जनता धन माविका विद्यार्थी अनिश खत्रीलाई नगद तीन हजार र प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको थियो ।
कार्यक्रम धौलागिरि बहुमुखी क्याम्पसका उप-प्राध्यापक आनन्द राज सिलवाल, स्वास्थ्यकर्मीे कविता शाक्य, वालमन्दिर आधारभूत विद्यालयका निमित्त प्रअ इन्द्र शर्मा, धौलागिरि बहिरा माविका शिक्षक सिता सुवेदी, प्रविण खड्का स्मृति सेवा कोषका संरक्षक काजि रोशनले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम प्रविण खड्का स्मृति सेवा कोषका अध्यक्ष युक्त जंग राजभण्डारीको अध्यक्षता, समाजसेवी विश्वनाथ रेग्मीको स्वागत र सचिव रतन प्रसाद मलेपतीको संचालनमा सम्पन्न भएको थियो ।













































































































































































































