बागलुङ । आईएमई लाइफ इन्स्योरेन्सले आफ्नो ९औँ वार्षिक उत्सवको अवसरमा मानव सेवा आश्रम बागलुङलाई १० हजार रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरेको छ।
संस्थाको सामाजिक उत्तरदायित्वअन्तर्गत खाद्यान्न सामग्री सहयोग गरिएको आईएमई लाइफ इन्स्योरेन्स बागलुङ शाखाले जनाएको छ।
कार्यक्रममा आईएमई लाइफ इन्स्योरेन्स गण्डकी प्रदेशका प्रदेश उपप्रमुख सुरेश बरालले जिवन बिमा नाफा आर्जन गर्ने माध्यम मात्र नभई सामाजिक सुरक्षा प्रदान गर्ने महत्वपूर्ण साधन भएको बताउनुभयो।

उहाँले बिमासँगै संस्थाले सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकतामा राख्दै विभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आएको उल्लेख गर्नुभयो।
आईएमई लाइफ इन्स्योरेन्स बागलुङ शाखा प्रमुख इन्द्रा शर्मा सापकोटाले संस्थाको सामाजिक उत्तरदायित्वअन्तर्गत मानव सेवा आश्रमलाई खाद्यान्न सहयोग गरिएको बताउनुभयो।
कार्यक्रममा शाखाका कर्मचारी तथा एजेन्सी म्यानेजरहरूको उपस्थिति रहेको थियो।

















































































































































































