७ जेष्ठ २०८१, सोमबार

 

विदेशी प्रभु भन्दा ओली शक्तिशाली

rajesh-raj-295x295

राष्ट्रिय स्वाधिनताको नारा सहित बनेको वर्तमान केपी ओलीको सरकार एकाएक ढल्नबाट बचेको छ । प्रभुको ईसारा विना बनेको ओली सरकार ढाल्ने अन्तिम तयारी पनि केही समयलाई टरेको छ । फेरी एकपटक विदेशी प्रभुको खेल एमाले र एमाओवादी बिच ९ बुँदे लिखित सहमती भएपछि फेल खाएको हो । नेपाली काँग्रेसले एमाओवादी अध्यक्ष प्रचन्ण्को नेतृत्वमा राष्ट्रिय सरकार बनाउन राखेको प्रस्तावले एकाएक राष्ट्रिय रुपमा राजनीतिक तरंग ल्याएर अब ओली नेतृत्वको सरकार ढल्ने लगभग पक्कापक्की देखिएको थियो ।

राजनीतिमा असम्भव भन्ने कुरा केही पनि हुँदैन भन्ने कुरा फेरी एकपटक प्रभाणित हुन पुगेको छ । विदेशी प्रभुको ग्राइन्ड डिजाइन अनुसार वर्तमान ओली सरकार ढालेर एमाओवादीका अध्यक्ष प्रचण्डको नेतृत्वमा काँग्रेस, मधेशवादी सहितको सरकार बनाउन छिमेकी मुलुक भारतमा बनेको योजना पुन नेकपा एमाले र एमाओवादी बिच बजेट भाषण पछि प्रचण्डकै नेतृत्वमा सरकार बनाउने सहमती भएपछि फेल खान पुगेको छ । नेपालमा संविधानसभाबाट संविधान जारी हुनु पहिला देखिनै छिमेकी मुलुक भारतले संविधान सभाबाट बन्न लागेको संविधान प्रति असहमती जनाउँदै मात्र आएको थिएन । उसले संविधान बनाउने प्रक्रिया रोकेर मधेशी दलसंग सहमतब्ी गरी अघि बढ्न निर्देशन दिएको थियो तर उसले भने अनुसार नभएपछि भारत असहमत हँुदै आएको थियो ।

ओली सरकारमा साझेदारको रुपमा एमाओवादी रहेको तर केही समय देखि द्वन्दकालीन मुद्दा एमाओवादी नेतृत्व माथि चल्न थालेपछि एमाओवादी पार्टी वर्तमान ओली सरकारसंग ससंकित हुँदै आएको थियो । आफ्नै पार्टीका नेता गृहमन्त्री देखि महत्वपूर्ण मन्त्रालय सम्हालेर बसेपनि युद्धकालिन अपराधको मुद्दा एकपछि अर्को विउँतिन थालेपछि एमाओवादीमा वर्तमान ओली सरकारमा बस्ने कि छोड्ने भन्ने बारे बहस हुँदै आएको थियो ।

नेपाली काँग्रेसको महाधिवेशन पछि नेपाली काँग्रेसको नेतृत्वमा शेर बहादुर देउवा निर्वाचित पछि वर्तमान ओली सरकार ढल्ने र नयाँ सरकार बन्ने बारे चर्चा परिचर्चा हुँदै आएको कुरा सारा नेपालीले देखेकै कुरा हो । प्रभुको चाहना विपरित बनेको ओली सरकारलाई जसरी पनि ढालेर आफ्नो अनुकुलको सरकार बनाउने चाहना अनुसार बनाएको योजना सफल हुन सकेन । फेरी एक पटक राष्ट्रिय स्वाधिनता र राष्ट्रियताको जित भएकोमा भने नेपालीहरु खुसी देखिन्छन् । सधैंभरी अरुको देशमा राजनीतिक अस्थिरता कायम गरेर आफ्नो कठपुतली सरकार चलाउँदै आएको छिमेकी प्रभु भने केही समय देखि आफ्नो योजनामा फेल हुँदै गएपछि वर्तमान ओली सरकार प्रति आक्रोशित छ ।

संविधान बनाउन पूर्व शुशिल कोइरालाको सरकार थियो । संविधान बनेपछि केपी ओली प्रधानमन्त्री बनाउने राजनीतिक सहमती भत्काएर पुन शुशिललाई नै प्रधानमन्त्रीमा समर्थन गरी उम्मेदवार बनाए देखिनै छिमेकी मुलुक भारतको रबैया सबैले बुझेकै विषय हुन् ।

मधेशवादी दलको आन्दोलनलाई बहाना बनाएर छिमेकी मुलुकले गरेको नाकाबन्दी साना साना बालबालिका पनि परिचित भएकै विषय हुन् । भुकम्पले तहस नहस भएको छिमेकी मुलुकको घाउमा मलम लगाउनुको साटो नेपाली जनताको जनजिवन अस्तव्यस्त पार्ने जे जसरी भएपनि ओली सरकार ढाल्ने उसको रणनीति हो भन्ने कुरा अहिलेको घटनाक्रमले पनि पुष्टि गरेको छ ।

हुन त बुढापाकाले भन्ने गर्छन् छिमेकी राम्रो भएन भने त्यो ठाउँमा बस्न सकिन्न, अहिले हामीलाई त्यस्तै छिमेकी परेको छ । जसले सधैं आफ्नो अनुकुल मात्र चाहन्छ, यो देश, यहाँको नेता राजनीतिक पार्टी सबै मेरो इसारामा चल्नुपर्छ । हामी भनेको मालिक हौं, यिनीहरु भनेका दास हुन् भन्न् मानसिकता बोकेका छन् छिमेकी मुलुक भारतले ।

नेपालका सासक देखि प्रशासक सम्म सबै प्रभुकै इसारामा चल्ने र चलाउने जुन सदियौं देखि कसरत गर्दै आएका थिए । उसको कसरत र चलखेल भने जारी रहेको छ, अहिले पनि उसले समय समयमा राजनीतिक पार्टीका नेतालाई भारतमा बोलाएर गुरुमन्त्र दिने देखि नेपालमा कसलाई कुन बेला प्रधानमन्त्री बनाउने र कतिबेला हटाउने भन्ने सबै चलखेल उतै हुने गरेको छ ।

प्रभुको इसारा बिना प्रभुको आशिर्वाद विना प्रमुख पदमा पुग्न सकिंदैन भन्ने दास मानसिकता हाम्रो नेताहरुमा रहेकै कारण पनि छिमेकी प्रभुले नेपाली राजनीतिक नेतालाई आफु अनुकुल चलाउन खोज्नु अन्यथा होइन । हाम्रो नेताका छोराछोरीलाई भारतले आफ्नो देशमा छात्रवृत्ती दिएर पढाई रहेको छ । नेताहरुलाई मासिक भत्ता देखि सबैखाले सेवा सुविधा दिएर आफ्नो इसारामा चल्ने बनाएको छ ।

हाम्रो देशमा भएका भारतीय राजदुतको चलखेल हेर्ने हो भने त्यो उसको मान मर्यादा भित्र पर्दैन, प्रत्येक राजनीतिक दलका प्रमुख नेताको घर घरमा कोठा कोठामा पुगेर उसले चलखेल गनेबर्् गरेका मात्र छैनन्, सिधै राजनीतिक हस्तक्षेप गर्ने गरेका छन् । मानीलिउ राजदुत भनेको ठुलै व्यक्ति हुन् उनले जे जस्तो गरेपनि हुन्छ भन्ने जसो गरेपनि हुन्छ उ आफ्नो मर्यादामा बस्न पर्छ कि पर्दैन, आफ्नो फाइदाको लागि जसले जे गरेपनि हुने जुन परिपाटी चल्दै आएको छ त्यो नै नेपाल र नेपालीको लागि घातक छ ।

प्रभुको इसारा बिना ७ महिना अघि बनेको ओली सरकारले भुकम्प नाकाबन्दी झेल्दै यहाँसम्म आईपुगेको छ । एमाओवादीको सहयोग र समर्थनमा बनेको संयुक्त सरकारका प्रमुख केपी शर्मा ओलीको आफ्नो किसिमको काम गर्ने क्रियाकलाप र शैली कै कारण एमाओवादी पार्टी वर्तमान सरकारको काम कारवाहीबाट असन्तुष्ट हुँदै आएको थियो ।

अहिले शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउन पनि आफ्नै नेतृत्वमा सरकार बनाउन आवश्यक ठानेर काँग्रेसको समर्थनमा गतिविधी अगाडी बढेको कुरा एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले संचार माध्यममा अभिव्यक्त गर्दै एमाओवादीले उठाएको माग र मुद्दालाई प्रधानमन्त्री ओलीले पुरा गर्ने सहमत भएको कारणले आफुहरु पछाडी हटेको अभिव्यक्तले राजनीति फेरी नयाँ मोडमा पुगेको छ ।

हिजोका दिनमा केपी ओलीलाई प्रधानमन्त्री बनाउँदा एमाओवादी अध्यक्ष प्रचण्डले आफुहरु भारतको यस म्यान बन्न तयार नभएको, अहिलेको सरकार आफ्नै खुट्टामा उभिएर बनेको अभिव्यक्ति दिएर राष्ट्र र राष्ट्रियताको पक्षमा उभिएका थिए । जसलाई सबै देशभक्त नेपालीले समर्थन जनाएका थिए । भारतले अघोषित रुपमा नाकाबन्दी लगाउँदा समेत सबै नेपालीले त्यसलाई सामना गर्दै वर्तमान ओली सरकारलाई सहयोग र समर्थन गर्दै आएका हुन् ।

राष्ट्रियता, स्वाधिनताको चर्को नारा लगाउने शक्तिहरु ७ महिना नपुग्दै विभाजन हुन खोजेका थिए । जसलाई फुटाउन प्रभुले पुरै मलजल गरेका थिए तर एमाले र एमाओवादीका प्रमुख नेता बिच सहमती भएका विषयमा सहमती गर्दै बजेट भाषण पछि एमाओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार बनाउन एमाले सहमत भएको कारण ओली सरकार ढल्नबाट बचेको मात्र होइन प्रभुको चलखेल समेत केही समयलाई अन्त्य भएको छ ।

साच्चै भन्नुपर्दा हिजो मृत्यु जितेर यहाँसम्म आएका वर्तमान सरकार प्रमुख केपी शर्मा ओलीको राष्ट्र र राष्ट्रियताको पक्षमा राखेको अडान सकारात्मक छ । झण्डै झण्डै विदेशी प्रभुको इसारामा ढलीसकेका प्रधानमन्त्री ओलीले फेरी एक पटक प्रभुलाई छल्न सफल भएका छन् । देशमा अहिले नाकाबन्दी खुलेपनि जनजीवन अस्तव्यस्त छ, जनताले अहिले पैसा तिर्दा समेत ग्याँस पाउन सकिरहेका छैनन् । देश अस्तव्यस्त छ, नेताहरु कुर्ची तानातानमै व्यस्त छन्, प्रहरी प्रशासनले जनताको आवाज सुन्न सकेको छैन । तस्करी, कालोबजारी मौलाएकै छ, अनुगमन छैन, कहीं कतै कारवाही पनि भएको छैन । वर्तमान सरकारले नीति तथा कार्यक्रम र बजेट ल्याउन व्यस्त देखिन्छ । हिजोका दिनमा जे जस्तो भए भए अब भने जनताले प्रत्यक्ष रुपमा राहत पाउने भुकम्प पिडितले वर्षा अगाडी ओत लाग्न पाउने वातावरण सरकारले बनाउन सक्यो भने मात्र यो सरकार राष्ट्रिय स्वाधिनताको हो प्रभुको इसारामा चल्ने सरकार होइन भन्ने कुरा थाहा हुनेछ ।

लेखक बाग्लुंगका पाका पत्रकार हुनुहुन्छ ।

 

प्रतिक्रिया दिनुहोस्