३१ बैशाख २०८१, सोमबार

 

क्याम्पस जान पाउनु भएन ? अब अनलाइनबाटै विश्वविद्यालयको पढाइ गर्नुस्

तपाईँ श्रमका लागि विदेशीनु भएको छ । तर, पढ्ने चाहना छ ? अथवा नेपालमै भएरपनि क्याम्पस जान नभ्याउने समस्यामा हुनुहुन्छ ?
अब चिन्ता लिनु पर्दैन । सरकारले त्यस्तै विद्यार्थीहरुलाई लक्षित गरेर अनलाइनबाटै भर्ना हुने, पढ्ने र परीक्षा समेत दिनसक्ने गरी विश्वविद्यालय स्थापना गर्दैछ ।
open-universityनियमित क्याम्पस जान नभ्याउने तथा श्रमका लागि विदेशमा गएकाहरुले समेत आफ्नो पढाईलाई निरन्तता दिन सक्नेगरी शिक्षा मन्त्रालयले ल्याएको प्रस्ताव संसदले स्वीकार गरेको छ ।
संसदको महिला, बालबालिका तथा समाजकल्याण समितिले खुल्ला विश्वविद्यालय स्थापना गर्न प्रस्तावित विद्येयक पारित गरेको हो । विद्येयक भोलि संसदमा दर्ता हुँदैछ ।
व्यवस्थापिका संसदले विद्येयक पारित गरेसँग ऐनको रुपमा लिनेछ । यससँगै खुल्ला विश्वविद्यालय स्थापना गर्ने कानुनी ढोका खुल्नेछ ।
 के हो खुल्ला विश्वविद्यालय ?
खुल्ला विश्वविद्यालयमा विद्यार्थीलाई कक्षाकोठामा मात्रै नराखी अनलाइन, नेट तथा अन्य माध्यमबाट पनि पढाउने गर्छ । अनलाइनबाटै भर्ना प्रक्रिया अघि बढाउँछ । र, पढ्नुपर्ने विषयहरु समेत अनलाइनबाटै पढाइन्छ ।
जो परिक्षाका लागि तयार हुन्छ, उसले परिक्षाका लागि निवेदन दिन्छ । परिक्षा समेत प्रत्येक बर्ष दिनैपर्छ भन्ने हुँदैन, आफू तयार भएपछि परीक्षामा सहभागी हुन सकिन्छ ।
यस्तै परीक्षासमेत अनलाइनबाटै लिने व्यवस्था गरिएको हुन्छ । परीक्षा प्रणालीमा प्रयोगात्मक विधिलाई जोड दिन्छ ।

प्रतिक्रिया दिनुहोस्