बागलुङ – जिल्लाकाे पश्चिमी तारा गाविसका स्थानीयहरुले सुगन्धवाल संकलन गरेरका छन् । समुन्द्री सतहदेखि १८ सय देखि २३ सय मिटर उचाइमा झारकाे रुपमा पाईने जडिबुटीकाे जरा अाैषधिकाे कच्चापदार्थकाे रुपमा प्रयाेग गरिने भएकाले शहरका एजेन्स मार्फत नेपालबाट अन्य देश सप्लाई गर्ने गरेका छन् । खबारि पाखामा पाईने सुगन्धवाल न निकालेमा कुहिएर जान्छ बरु संकलन गरेमा केही मात्रामा भएपनि अाम्दानि हुने भएकाेले संकलन गरेका हाै तारा ७ कि छलमाया घर्तिले बताईन् उनले तारा ७ करिमेला वरपरका छिमेकीहरुबाट संकलन गरि १ कुईन्टल भन्दा बढि जम्मा गरेकि छन् । यस्तै गाउँका स्थानीयहरुले धस्मर रानिबास र सिपमा पनि यसैगरि संकलन गरेका छन् । कसले कहाँ लैजाने भन्ने विषयमा प्रथम एनेन्ससंग बुझ्दा कुनै संस्थागत भन्दा व्यक्तिगत नाम बताए । र उनिहरुले बैधानिक तरिकाबाट लैजाने बताए । संकलन गर्नेले १ किलाे ग्रामलाई १ सय रुपैयाँ देखि १ सय १० सम्म पाउने गरेकाे भिमकलि घर्तीले बताईन एक जनाले अाफ्नाे अावाडिबाट ५ देखि ३० केजी सम्म संकलन गरेकाे छन् तारामा १० कुईन्टल सम्म संकलनहुन सक्ने अनुमान छ । जुल्फे सामुदायिक बनले अाफ्नाे निजि अावाडि भन्दा बाहिर बनमा सुगन्धबाल संकलन गरेकाे पाएमा कानुनि कारबाहि गर्ने बनका सचिव नारायण घर्तीले बताए ।













































































































































































































