३१ बैशाख २०८१, सोमबार

 

जनप्रगतिशील मञ्च डेनमार्कमा पोखरेल निर्वाचित

 

कोपनहेगन, १८ मार्च २०१७

नेपाली जनप्रगतिशील मञ्च ९एनपिपिएफ० डेनमार्कको तेश्रो एकता अधिवेशबाट अध्यक्षमा भानु पोखरेल निर्वाचित भएका छन् । शनिबार कोपनहेगनमा सम्पन्न अधिवेशनले १९ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो ।
उपाध्यक्षमा मोहन खड्का र शक्ति पाण्डे, महासचिवमा महेशकुमार खाती, सचिवमा समिर तामाङ र कोषाध्यक्षमा रत्नबहादुर बुढाथोकी निर्वाचित भएका हुन् । कार्यसमिति सदस्यहरुमा लक्ष्मीप्रसाद कट्टेल, मोहन के।सी।, सुर्य सापकोटा, देवी गौतम, पूर्ण खत्री, गौतम यात्री, अनोज अधिकारी, दिपेन्द्र शर्मा, लक्ष्मण तिमिल्सिना,बावुराम विश्वकर्मा,
मञ्चको संस्थापक संरक्षकमा पूर्व अध्यक्ष उदयराज गौतम र सल्लाहकारमा निवर्तमान अध्यक्ष गणेश ढकाल छन् । अधिवेशनको उद्घाटन गर्दै नेकपा ९माओवादी केन्द्र०का केन्द्रिय सदस्य तथा अन्तर्राष्ट्रिय विभागका सदस्य टासी लामाले नेपालीहरु संसारको जुनसुकै देशमा रहे पनि नेपालको सम्वृद्धिको लागि लाग्नुपर्नेमा जोड दिए ।
उनले देश विदेशमा रहेका नेपालीले पठाएको रेमिट्यान्स देशको आधाभन्दा बढि क्षेत्रमा हिस्सा रहेको भन्दै अव देश विकासमा पनि विदेशमा सिकेको सिप र अध्ययन लगाउनुपर्ने भनाइ व्यक्त गरे । ’देशको अर्थतन्त्रमा रेमिट्यान्सको ठूलो भुमिका धेरै छ, अब देशको सम्वृद्धिमा लाग्नुपर्ने आवश्यकता छ ।’ लामाले भने ।
कार्यक्रममा डेनमार्कका लागि नेपाली कार्यबाहक राजदुत रामकाजी खड्काले डेनमार्कमा रहेका नेपालीहरु साझा हितको लागि एक रहेको सुनाए । नेकपा ९माओवादी केन्द्र०का केन्द्रिय सदस्य दिपेश पुनले नेपालको विकासको लागि सबै पार्टीका युवाहरु एक भएर लाग्नुपर्ने बताउँदै विदेशमा रहेका नेपालीलाइ नेपालको सम्वृद्धिका लागि अझै बढि भुमिका खेल्न आग्रह गरे ।
उद्घाटन कार्यक्रममा एनपिपिएफका यूरोप सदस्य भानु पोखरेल, एनआरएनका आइसिसी सदस्य सोम सापकोटा, एनआरएन डेनमार्कका अध्यक्ष दिपेन्द्र चुडाल, जनसम्पर्क समिति डेनमार्कका उपाध्यक्ष निल थापा,प्रवासि नेपाली मञ्चका दिपक पाण्डे, क्रियटिभ नेप्लिज ओमनका इन्दिरा तिवारी, मगर समाजका ओम राना, इनासका अध्यक्ष सन्तबहादुर थापा र विद्यार्थी प्रतिनिधि गौतम यात्रीले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।
तेश्रो भेला आयोजक समितिका संयोजक उदयराज गौतमको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा स्वागत निवर्तमान अध्यक्ष गणेश ढकालले र सञ्चालन समिर तामाङले गरेका थिए । कार्यक्रममा लोकप्रिय संगितकार तथा गायक चेतन सापकोटा, प्रगतिशील गायक नविन खड्का र डेनमार्कका गायक विश्व तामाङले आफ्ना चर्चित गित प्रस्तुत गरेका थिए ।
यसैविच आदीवासी जनजाती समुदायका नेताहरु टासी लामा र दिपेश पुनको डेनमार्कमा रहेका आदीवासी जनजाती समुदायविच अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । नेताद्धयको सम्मानमा मगर, तामाङ, लामा, गुरुङ जातीले सम्मान गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्