पोखरा उपत्यका बृहत सफाई अभियानको ४२ औं श्रृंखला शनिबार पोखरा वडा नं १३ मा सरसफाई गर्दै सम्पन्न भएको छ ।
जामे मस्जिद अक्सा, मियाँपाटन चोकबाट सुरु भई भद्रकाली स्कुल,बाँझापाटन हुँदै दुधपोखरीमा पुगी समापन भएको थियो। सरसफाई कार्यक्रमको उद्घाटन गण्डकी अञ्चल प्रहरी प्रमुख वरिष्ठ उपरीक्षक बिष्णुहरी गौतमले राष्ट्रिय गान गाउन शुरु गरेर गरेका थिए। कार्यक्रममा हाजी जमाल्लुदिन मियाँले सपथ खुवाएका थिए । अभियानमा ग्रीन मार्ट प्रा लि बाट १५ थान डोको,कुचो,मुक्तिनाथ बिकास बैकंबाट पञ्जा र माक्स,न्युरोड युवा क्लबबाट पम्प्लेट,कोन वचत तथा ऋण सहकारीबाट माइकिङ,राधाकृष्ण मन्दिर सेवा समिति कुँडहर बाजा बजाइ सहयोग प्राप्त भएको थियो। अभियानमा विभिन्न सघं,संस्था,समुह इत्यादी बाट करिब ३००० अभियन्ताहरुको सहभागिता रहेको थियो।
आगामी साताको ४३ औं अभियान पोखरा लेखनाथ महानगरपालिका -१४ को चाउथेचोकबाट सुरु हुने अभियन्ता ठाकुर बरालले जानकारी दिए।













































































































































































































