उतर प्रदेशका मुख्य मन्त्री अादित्यनाथ याेगीले सचिवालय निरीक्षणकाे कत्रमा फाेहर देखपछि सरकारी भवनमा गुटका , पान , तमाखु सेवन नगर्न अादेश दिएका छन! ” काम गर्ने संस्कृति बदल्नुस ! मैले नियमित परिक्षण गर्नेछु ! पान र सुर्ती खाएर फाेहर भएकाे देख्नु नपराेस ! मुख्यमन्त्री याेगीकाे अादेश तत्काल अाफ्नाे जिल्लाबाट सुरू भएकाे बरेलीकाे डिस्टिक्ट मेजिस्टेट सुरेन्द्र सिहले जानकारी दिएका छन ! याेगीले राज्यको सबै थाना र चाैकीलाई स्वच्छ राख्न निर्देशन दिएका छन ! मुख्यमन्त्रीले मन्त्रिपरिषदकाे बैठक बसेर कार्यविभाजनका साथै थुत्रै निर्णय गरेका छन ! जरूरी काम तत्काल गर्न र सबै फाईललाई अनलाइनबाट काम गर्ने व्यवस्था मिलाएका छन ! अवैध वधशालाहरू बन्द गर्ने याेजना तयार गर्न, गाई तस्करी , पशु तस्करी राेक्न भनेका छन ! महिला सुरक्षाकाे लागि राेमियाे दल गठन गरेका छन ! महिला माथि हुने दुव्र्यवहार राेक्न ११ वटा जिल्लामा एक महिने विशेष अभियान शुरू गरेका छन !
















































































































































































